२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेमकिपाको सातौ महाअधिवेशन असोजमा



अ+ अ-

भक्तपुर । नेपाल मजदुर किसान पार्टीको सातौ महाअधिवेशन असोज ३, ४ र ५ गते भक्तपुरमा हुने भएको छ। अधिवेशन भक्तपुरको सल्लाघारीमा हुने जनाइएको छ।

अधिवेशनको अवसरमा नेपाल प्राध्यापक समाज इन्जिनियरिङ कलेज एकाइ समितिको आयोजनामा सातौं महाधिवेशन सफल पार्न प्राध्यापक तथा कर्मचारीहरुको भेला भएको छ। भेलामा नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले प्राध्यापक तथा कर्मचारीहरु पार्टीको महाधिवेशनको लागि अगाडि सारिएका राष्ट्रिय–अन्तर्राष्ट्रिय विचारमा प्रस्ट हुनुपर्नेमा जोड दिए।

नेपाल प्राध्यापक समाज इन्जिनियरिङ कलेज एकाइका अध्यक्ष सुजन माकले असोज ३, ४ र ५ गते हुने पार्टीको महाधिवेशनमा प्राध्यापक–कर्मचारीहरुकोतर्फबाट नैतिक, भौतिक र आर्थिक सहयोगको प्रतिबद्धता व्यक्त गर्दै महाधिवेशन सफलताको कामना गरे।