१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानमा बम विस्फोट, चन्द समूहले गरेको आशंका



अ+ अ-

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका १८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातभित्र रहेको दिल्ली पब्लिक स्कुल र इटहरी उपमहानगरस्थित सुष्मा गोदावरी कलेजलाई लक्षित गरेर अज्ञात समूहले बम विस्फोट गराएका छन् ।

बिहीबार राति करिब १२ बजे भएको विस्फोटले दिल्ली पब्लिक स्कुलको मुख्य प्रवेशद्वारमा क्षति पुगेको छ । विस्फोटले उक्त प्रवेशद्वार नजिकै बीपी प्रतिष्ठानको चिकित्सकहरु बस्ने आवासीय भवनहरुका सिसाका झ्यालहरु समेत फुटेका छन् ।

प्रहरीले इटहरी र धरानमा गरेको विस्फोट चन्दा नदिँदा तर्साउने नियतले नेत्रविक्रम चन्द समूहले गरेको हुनसक्ने अनुमान गरेको छ । सुनसरी जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद शर्माले बम विस्फोट गर्ने समूहको खोजी भइरहेको बताए ।