१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवरको मुङ्ग्रो प्रहारबाट भाउजु घाइते



अ+ अ-

भद्रपुर । झापाको मेचीनगर नगरपालिका–१० खयरडाँगीमा आज बिहान आफ्नै देवरले काठको मुङ्ग्राले टाउकोमा प्रहार गर्दा २१ वर्षीया शर्मिला चौधरीलाई घाइते बनाएका छन् ।

घरायसी विवादमा नाताले देवर पर्ने २४ वर्षीय विक्रम चौधरीले शर्मिलाको टाउकोमा काठको मुङ्ग्रो प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । विक्रम फरार रहेकाले खोजीकार्य भइरहेको छ । प्रहरीका अनुसार शर्मिलाको उपचार धुलाबारीस्थित रोशन मेडिकलमा भइरहेको छ ।