६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालिङ्गाकाे ह्याट्रिकसामु न्यूजील्यान्ड निरिह, मालिङ्गाले लिए ४ बलमा ४ विकेट



अ+ अ-

पालिकेल्लीः श्रीलंका र न्यूजील्यान्डबीच श्रीलंकाकाे पालिकेल्लीमा भएकाे तेस्राे टी२० क्रिकेट प्रतियाेगिता तिब्र गतिका बलर लसिथ मालिङ्गाकाे घातक बलिङका कारण श्रीलंकाले ३७ रनले जितेकाे छ ।

मालिङ्गाले न्यूजील्यान्डकाे पाली ध्वस्त बनाउनेक्रममा ह्याट्रिक सहित ४ अाेभरमा ६ रन दिएर ५ विकेट लिएका थिए । अर्का बलर धनन्जयले २ विकेट लिएका थिए । यस खेलमा मालिङ्गा प्लेयर अफ द म्याच भएका थिए ।

श्रीलंकाले पहिले ब्याटिङ गरेर बनाएकाे १२६ रनकाे चुनाैती पछ्याउनेक्रममा न्यूजील्यान्डकाे टाेली १६ अाेभरमा ८८ रनमै समेटिएकाे थियाे ।

श्रीलंकाले टस जिती पहिले ब्याटिङ राेजेकाे थियाे । तर श्रीलंकाले पनि खासै ठूलाे चुनाैती प्रस्तुत गर्न सकेकाे थिएन ।

शुक्रबारकाे खेल श्रीलंकाले जिते पनि तीन म्याचकाे यस शृंखलामा अघिल्ला २ खेल जितेर न्यूजील्यान्डले शृंखला कब्जा गरेकाे छ ।