२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मालिङ्गाकाे ह्याट्रिकसामु न्यूजील्यान्ड निरिह, मालिङ्गाले लिए ४ बलमा ४ विकेट



अ+ अ-

पालिकेल्लीः श्रीलंका र न्यूजील्यान्डबीच श्रीलंकाकाे पालिकेल्लीमा भएकाे तेस्राे टी२० क्रिकेट प्रतियाेगिता तिब्र गतिका बलर लसिथ मालिङ्गाकाे घातक बलिङका कारण श्रीलंकाले ३७ रनले जितेकाे छ ।

मालिङ्गाले न्यूजील्यान्डकाे पाली ध्वस्त बनाउनेक्रममा ह्याट्रिक सहित ४ अाेभरमा ६ रन दिएर ५ विकेट लिएका थिए । अर्का बलर धनन्जयले २ विकेट लिएका थिए । यस खेलमा मालिङ्गा प्लेयर अफ द म्याच भएका थिए ।

श्रीलंकाले पहिले ब्याटिङ गरेर बनाएकाे १२६ रनकाे चुनाैती पछ्याउनेक्रममा न्यूजील्यान्डकाे टाेली १६ अाेभरमा ८८ रनमै समेटिएकाे थियाे ।

श्रीलंकाले टस जिती पहिले ब्याटिङ राेजेकाे थियाे । तर श्रीलंकाले पनि खासै ठूलाे चुनाैती प्रस्तुत गर्न सकेकाे थिएन ।

शुक्रबारकाे खेल श्रीलंकाले जिते पनि तीन म्याचकाे यस शृंखलामा अघिल्ला २ खेल जितेर न्यूजील्यान्डले शृंखला कब्जा गरेकाे छ ।