२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलाम एयरले ओमान-काठमाडौं दैनिक उडान गर्ने



अ+ अ-

काठमाडौं । एक वर्षदेखी नेपालमा साताको तीन उडान गदैं आएको सलाम एयरले दैनिक उडान गर्ने भएको छ । उडान थालेको एक वर्ष पुरा भएको अवसरमा ओमानको वायुसेवा कम्पनी सलाम एयरले दैनिक उडान थालेको घोषणा गरेको हो ।

एक वर्षको टिकट सेललाई हेर्दा तुलनात्मक रुपमा कम मुल्यमा सुरक्षित यात्राका लागी सलामको उडान धेरै नेपालीले रुचाउदा छोटै समयमा काठमाण्डौ-मस्कट उडानका लागी सलामको यात्रामा धेरैको आर्कषण बढेपछि दैनिक उडान थाल्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

एक वर्षको अवसर पारेर आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गदैं सस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले सलाम एयरको उडान थप गर्ने निर्णयले पर्यटन वर्ष २०२० को लागी सहयोग पुग्ने विश्वास व्यक्त गरे । काठमाण्डौंमा दैनिक उडान थाल्ने निर्णयको प्रशंसा गदैं मन्त्री भट्टराईले सलामलाई निकट भविष्यमा निर्माणधिन गौतमबुद्ध विमानस्थलको काम समेत सकिन लागेकाले यसबाट समेत उडान थाल्न पनि सुझाव दिएका छन । कार्यक्रममा गत एकवर्षमा सलामका हवाई टिकट बिक्रि गर्नेमध्ये उत्कृष्ट १० एजेन्ट सम्मानित भएका छन । नेपालमा कम्पनीको उडान व्यवस्थापन आईएमई इन्सेन्टिभ ट्राभल्सले गर्दै आएको छ ।