१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा करेन्ट लागेर मृत्यु



अ+ अ-

झापाः झापाको बाह्रदशी गाउँपालिकामा शनिबार करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी–५ पिपल चौक निवासी ४४ वर्षीय पूर्णबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार घरमा खुकुरी, कोदालो, खुर्पा लगायतका साम्रगी बनाउने क्रममा उनलाई अचानक करेन्ट लागेको बताइएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका विकलाई तत्काल बिर्तामोडस्थित एक अस्पतालमा उपचारका लागि लगिएपनि उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।