७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड

प्रधानाध्यापक नै भन्छन्– ‘दलितलाई विद्यालयको अध्यक्ष मान्दिनँ’

प्रधानाध्यापक नै भन्छन्– ‘दलितलाई विद्यालयको अध्यक्ष मान्दिनँ’
अ+ अ-

सिरहा । संविधानले नै जातीय छुवाछुत र विभेदलाई बन्देज गरेको छ । तर, सिरहामा अभिभावकले सर्वसम्मत चयन गरेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दलित भएको भन्दै प्रधानाध्यापकले नै अस्वीकार गरेका छन् ।

लक्ष्मीपुर पतारी गाउँपालिका–४ धन्छवारस्थित आधारभूत विद्यालयका प्रधानाध्यापक तारिणीप्रसाद चौधरीले व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद सदायलाई अध्यक्ष स्विकार्न नमानेको अभिभावकहरूले बताएका छन् । अभिभावकहरूको भेलाले सदायलाई गत १७ मंसिरमा अध्यक्षमा चयन गरेको थियो । तर, अभिभावकले चुनेको अध्यक्षलाई प्रधानाध्यापकले अस्विकार गरेपछि १२ फागुनमा झडपकै स्थिति बनेको थियो । त्यसलगत्तै गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएपछि शिक्षा संयोजकसहितको उपस्थितिमा बसेको बैठकले समितिमा दुई सदस्य मनोनयन गर्‍यो, तर त्यसलाई पनि प्रधानाध्यापकले मानेनन् ।

आफू दलित भएकै कारण प्रधानाध्यापक चौधरीले १० महिनादेखि अध्यक्ष मान्न अस्वीकार गरेको अध्यक्ष सदायले बताए । विद्यालयमा अध्ययनरत एक सय ७७ विद्यार्थीमध्ये एक सय दुईजना दलित समुदायका छन् । समितिमा अध्यक्ष दलित चयन भएपछि प्रधानाध्यापक चौधरीले गाउँपालिकाबाट विद्यार्थीको पाठ्यपुस्तक, छात्रवृत्तिको रकमसमेत निकासा लिएका छैनन् । त्यसपछि मंसिर महिनादेखि प्रधानाध्यापक र अर्का एक शिक्षकको चैत महिनादेखि तलब रोक्का गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

गाउँपालिकाले सोध्यो स्पष्टीकरण तर प्रधानाध्यापकले टेरेनन्
१७ मंसिरमा समितिमा अर्जुन मण्डल, बविता दास र जलासी सदाय पनि मनोनित भएका थिए । समिति वडाध्यक्ष, प्रधानाध्यापक, शिक्षक प्रतिनिधिसहित सात सदस्यीय बन्यो । समितिलाई पूर्णता दिन सात सदस्यले थप दुईजनालाई मनोनयन गर्नुपर्ने थियो । तर, प्रधानाध्यापकले समितिलाई पूर्णता दिन नमानेपछि स्थानीय दलित अभिभावकहरूले उनीविरुद्ध गाउँपालिकामा निवेदन दिए । त्यसपछि गाउँपालिकाले चौधरीलाई स्पष्टीकरण सोधेको अध्यक्ष रामबल्लभ साहले बताए ।

‘गाउँपालिकामा बोलाएर सोधपुछ गर्दा तीन दिनको समय मागे, तर त्यसवेला पनि उनले आफ्नो प्रतिबद्धता पूरा गरेनन्,’ साहले भने, ‘गाउँपालिकाबाट शिक्षा संयोजक र एक कर्मचारी खटाएर समितिलाई पूर्णता दिन बैठक राखिएको भए पनि प्रधानाध्यापक चौधरी नै आएनन् ।’ चौधरी अनुपस्थित भए पनि निमित्त प्रधानाध्यापकको उपस्थिति र शिक्षा संयोजक तथा गाउँपालिका कर्मचारीको रोहवरमा फागुनमा व्यवस्थापन समितिलाई पूर्णता दिइयो । तर, उनले चौधरीले यसलाई अस्वीकार गरेको गाउँपालिका अध्यक्ष साह बताउँछन् । ‘त्यसपछि चौधरीले गाउँपालिकासँग समन्वय गर्नै छोडेका छन्,’ साहले भने ।

प्रधानाध्यापक चौधरीले भने समितिका अध्यक्ष सदाय दलित भएका कारण आफूले अस्वीकार नगरेको दाबी गरे । ‘समितिको बैठकको माइन्युटसमेत मैले देखेको छैन, म अनुपस्थित भएको समयमा गाउँपालिकाले पत्र काटेर मनोनीत गरेको समितिलाई म मान्दिनँ,’ चौधरीले भने । गाउँपालिकाले व्यवस्थापन समितिका दुई सदस्य मनोनीत गर्न हस्तक्षेप गरेको आरोप पनि चौधरीले लगाए । विद्यार्थीको पाठ्यपुस्तक र छात्रवृत्तिको रकम बैंक खातामार्फत आउनुपर्ने, तर लहानमा एनसिसी बैंकमा खाता खोल्न समितिको निर्णय चाहिने भएकाले समस्या भएको चौधरीको भनाइ छ ।

लक्ष्मीपुर गाउँपालिका–४ का वडाध्यक्ष विद्यानन्द साह सुँडीले समितिको पदेन सदस्यको हैसियतले आफूले नै चारजना दलित अभिभावकलाई समितिमा प्रस्ताव गरेको बताए । वडाध्यक्ष, प्रधानाध्यापक, शिक्षक प्रतिनिधिसहित सातजनाले थप दुईजनाको मनोनयन गरी नौजना पुगेपछि मात्र अध्यक्ष चयन गरिनुपर्ने धारणा राखे पनि पहिले नै अध्यक्ष चयन गरेकाले समस्या भएको साहको भनाइ छ ।

दलितहरूको प्रदर्शन र ज्ञापन
प्रधानाध्यापक चौधरीका कारण विद्यालयको वातवरण बिग्रिएको भन्दै स्थानीय दलित समुदायका सदस्यले बिहीबार प्रदर्शनसहित गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाए । ज्ञापनपत्रमा विद्यालयमा बढ्दै गएको द्वन्द्व व्यवस्थापन गरी नियमित पठनपाठन, व्यवस्थापन समितिको पूर्णता र शिक्षक अभिभावक संघको गठन, विद्यार्थीलाई तत्काल पाठ्यपुस्तक उपलब्ध गराइनुपर्ने, छात्रवृत्ति रकम यथाशीघ्र बाँडिनुपर्ने, बालबालिकाको भविष्यमाथि खेलबाड गर्ने दोषीलाई कारबाही गरिनुपर्नेलगायत पाँचबुँदे माग गरिएको छ । जिल्ला हरवाचरवा अधिकार मञ्चले बुझाएको ज्ञापनपत्रको बोधार्थ लक्ष्मीपुरपतारी गाउँपालिका–४ नम्बर वडा कार्यालय, इलाका प्रहरी कार्यालय महेशपुरपतार, आधारभूत विद्यालय धन्छवार, शिक्षा विकास तथा समन्वय एकाइ सिरहालाई दिइएको छ ।

दलितलाई अध्यक्ष मान्दैनौँ भनेपछि झडपकै स्थिति बन्यो स: हरिप्रसाद सदाय, अध्यक्ष, आधारभूत विद्यालय व्यवस्थापन समिति
विद्यालयमा बहुसंख्यक दलित बालबालिका पढ्छन् । तर, व्यवस्थापन समितिमा पहुँचवालाहरूकै हालीमुहाली छ । त्यसैले प्रधानाध्यापक तारिणीप्रसाद चौधरीले मलाई अध्यक्ष मान्न अस्वीकार गरे । गत १२ फागुनमा उनले ‘दलितलाई अध्यक्ष मान्दैनौँ’ भनेपछि झडपकै स्थिति बन्यो । त्यसलगत्तै गाउँपालिकाको न्यायिक समितिमा उजुरी पनि दिएको छु । समितिमा दुई सदस्य मनोनयन गरेको निर्णय पनि प्रधानाध्यापकले मान्दैनौँ भनेका छन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।