७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध

मातृभाषाले विद्यार्थी खुसी

मातृभाषाले विद्यार्थी खुसी
अ+ अ-

पाल्पा । घरमा बोलिने भाषामै स्कुलमा पढ्न पाउँदा कक्षा १ की आशिका गाहामगर खुसी छन् । माथागढी गाउँपालिका–१, चिदीपानी धैरेनीकी उनलाई आमाबुबाले बोल्ने भाषामै कक्षा हुँदा सजिलो लागेको हो ।

फलफूल, खानेकुरा, बोलीचालीका भाषामा प्रयोग हुने शब्द उनलाई बुझाउन सजिलो भएको छ । उनकै कक्षाकी सेरेना गाहालाई पनि मातृभाषामा पढाउँदा बुझ्न सजिलो छ ।

आशिका र सेरेना मात्र होइन, नवजागृत प्राथमिक विद्यालय धैरेनीका कक्षा १ देखि ३ सम्मका ४९ जना विद्यार्थी आफ्नै मातृभाषा मगर भाषामा पढ्न पाउँदा दंग छन् । ‘हामीलाई घर र विद्यालयमा एउटै भाषामा बोल्न, पढ्न र सिक्न पाउँदा खुसी लागेको छ,’ गाहाले भनिन् ।

कक्षा ४ र ५ मा पनि ऐच्छिक विषयको रूपमा मगर भाषाको पढाइ हुने प्रधानाध्यापक गोपीकृष्ण आचार्यले बताए । मगर समुदायको चलनचल्तीमा रहेका तीन भाषामध्ये यस क्षेत्रमा बोलिने मगर पाङ भाषामा अध्यापन सुरु गरिएको विद्यालयले जनाएको छ । यहाँ अख्खा लिपिको पढाइ हुन्छ ।

०६३ को अन्तरिम संविधान र नेपालको संविधान ९०७२०मा विद्यालयका पाठ्यक्रममा मातृभाषामा शिक्षा दिने उल्लेख छ । त्यसपछि मगर समुदायको सुझाव अनुसार मातृभाषाको पढाइ जिल्लामै पहिलो पटक सुरु गरेको प्रधानाध्यापक आचार्यले बताए । ‘यो विद्यालयको कार्यक्षेत्रका सबै घरधुरी मगर समुदायका छन्,’ उनले भने, ‘त्यही भएर समुदायको आग्रहअनुसार नै मगर भाषामा पढाइ सुरु गरिएको हो ।’

‘कानुङ मगर ढुंट’ अर्थात् ‘हाम्रो मगर भाषा’ मा पढाइ हुन थालेपछि विद्यार्थीमा सिक्न सहज भएको छ । ‘घरमा सबै कुरा मगर भाषामा हुन्छ, हामीले यहाँ खस भाषामा पढाउँदा उनीहरूलाई बुझ्न समस्या थियो,’ मगर भाषाकी शिक्षिका तथा लेखक मना थापामगरले भनिन्, ‘अहिले उनीहरूलाई पढ्न धेरै सजिलो भएको छ भने बुझाउन पनि समस्या छैन ।’ धेरै विषयवस्तु मगर भाषामै बुझाउन पाएकाले सिकाइमा पनि धेरै फरक पर्ने गरेको उनले बताइन् ।

कक्षा १, २ र ३ को पुस्तक विद्यालयकी शिक्षक मना थापामगरले लेखेकी हुन् । कक्षा ४ र ५ को ऐच्छिक विषयको पुस्तक पनि तयार हुँदै छ । विज्ञान विषय भने तिला गाहाले मगर भाषामा अनुवाद गरेकी छन् । कक्षामा पढ्ने सबै मगर विद्यार्थी भएकाले पढाउन सजिलो भएको शिक्षिका गीता थापामगरको अनुभव छ ।

अंग्रेजी र नेपालीबाहेक सबै विषय मगर भाषामै पढाउने गरिएको छ । ‘सुरुमा त कस्तो कस्तो लागेको थियो,’ प्रधानाध्यापक आचार्यले भने, ‘अहिले त राम्रो भएको छ । सबै विद्यार्थी टाठा पनि भएका छन् ।’ विद्यालयमा दुई जना मगर शिक्षक छन् । गैरमगर शिक्षकले समेत अहिले मगर भाषा बुझिसकेको उनले बताए ।

अघिल्लो जनगणनाअनुसार जिल्लामा ५२ प्रतिशत मगर समुदायको बसोबास रहेको तथ्यांक छ । प्रधानाध्यापक आचार्यका अनुसार मातृभाषामा पढाइले विद्यार्थीमा नियमितता आएको छ । कक्षा छाड्ने दर शून्यमा झरेको छ । ०६५ सालदेखि यहाँ मगर भाषाको पढाइ सुरु भएको छ । नेपाल सरकारको सहयोगमा विद्यालय आफैंले पाठ्यक्रम, पाठ्यपुस्तक तयार गरेको हो । ‘घर परिवारमा बोलिने भाषामै पढ्न पाएपछि उनीहरूको बुझाइ राम्रो देखिएको छ,’ प्रधानाध्यापक आचार्यले भने, ‘विद्यार्थीले विद्यालय छाड्ने, बीचैमा पढ्न नआउने र खाजा छुट्टीमा घर गएर पुनः विद्यालय नआउने समस्या अहिले छैन ।’

सिकाइ उपलब्धिमा राम्रो भएकाले गाउँपालिकाले उत्कृष्ट पाँचमा यस विद्यालयलाई छनोट गरी ५० हजार रुपैयाँको पुरस्कार दिएको प्रधानाध्यापक आचार्यले बताए । गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापामगरले मगर समुदायको बसोबास रहेको स्थानमा आफ्नै मातृभाषामा पढ्न पाउँदा विद्यार्थीमा नियमितता भएको बताए ।

नजिकको जाउपोखरा आधारभूत विद्यालयमा पनि यस वर्षदेखि कक्षा १ मा मातृभाषामा पढाउन सुरु गरिएको छ । ‘मगर समुदायका बालबालिकाले आफ्नो मातृभाषामा पढ्न पाउँदा भाषाको गुणस्तरमा वृद्धि हुन्छ,’ उनले भने, ‘शिक्षाको स्रोत उपलब्धि पनि बढ्ने र आफ्नै भाषामा पढ्न पाउँदा नियमित उपस्थिति हुने गरेको पाइएको छ ।’

गाउँपालिकाले विशेष अनुदानका रूपमा मातृभाषामा पढाइ हुने विद्यालयका विद्यार्थीलाई नगदका साथै झोला, स्टेसनरी, कापी, किताब वितरण गर्दै आएको छ । बगनासकाली गाउँपालिका–४, खानीछापको हिमालय प्रावि महछापमा पनि कक्षा १ मा मातृभाषा मगर भाषामा पढाइ सुरु भएको छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।