७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड

केन्द्रका लागि ५ हजार कर्मचारी मागिँदै

केन्द्रका लागि ५ हजार कर्मचारी मागिँदै
अ+ अ-

काठमाडौं । स्थानीय तहमा कर्मचारी भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेका बेला लोकसेवा आयोगले संघका लागि पनि नयाँ भर्ना प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। आयोगले करिब ५ हजार रिक्त दरबन्दीमा नर्या भर्ना प्रक्रिया सुरु गर्ने भएको हो। संघीय तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव र सहसचिव पदका लागि आयोगमा माग पठाइसकेको छ। एक हप्ताभित्रै अन्य पदमा पनि माग पठाउने तयारी भएको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार संघका लागि करिब ५ हजार पद रिक्त छन्। सम्पूर्ण विवरण संकलन भइरहेको संघीय मन्त्रालयका प्रवक्त भूपाल बरालले जानकारी गराए। अहिले कहाँ कुन पद रिक्त छन्, विवरण संकलन गरिरहेका छौं,’ बरालले भने, ‘सबै विवरण आइसकेपछि एक हप्ताभित्रै आयोगमा सिफारिस पठाउँछौं।’

संघका लागि आयोगले दुई वर्षदेखि नयाँ भर्ना लिएको थिएन। समायोजन प्रक्रिया टुंगिएपछि आयोगले नयाँ भर्ना प्रक्रिया सुरु गरेको हो। आयोगका प्रवक्ता किरण शर्माले संघीय मन्त्रालयबाट सहसचिव र उपसचिवका लागि माग भएको बताए। नियमित कार्यतालिकाअनुसार असोजको तेस्रो साता विज्ञापन गरिने उनले बताए। उनले भने, ‘संघीय मन्त्रालयबाट आएको माग हामीले आयोगको बैठकमा पठाएका छौं। बैठकले निर्णय गरेपछि आयोगको नियमित प्रक्रियाअन्तर्गत असोज तेस्रो हप्तामा विज्ञापन निकाल्छांै।’ अन्य पदमा संघीयबाट माग आएमा आयोगले भर्ना प्रक्रिया सुरु गर्ने उनको भनाइ थियो।

मन्त्रालय स्रोतका अनुसार सहसचिव र उपसचिव पदका लागि करिब ३ सय रिक्त दरबन्दीमा माग भएको छ। मन्त्रालयले अब पठाउने मागमा प्रशासन, लेखा, इञ्जिनियरिङ, परराष्ट्रलगायतका सेवा हुनेछन्। यी पदमा खरिदारदेखि सहसचिवसम्मका हुनेछन्। स्रोतका अनुसार विशेषगरी तल्लो तहका पद खरिदार र नायव सुब्बा तहका पदमा अरू पदको तुलनामा बढी दरबन्दी रिक्त छन्।

मन्त्रालयले तीन तहका सरकारका लागि एक लाख ३१ हजार कर्मचारीको समायोजनको काम पूरा भएको बताएको छ। मन्त्रालयका अनुसार संघमा स्वीकृत भएको ४८ हजार ४ सय ९ दरबन्दीमा ३९ हजार ९ सय ६० कर्मचारीको समायोजनको काम पूरा भएको छ। आयोगले गत असारदेखि स्थानीय तहका लागि करिब ९ हजार रिक्त दरबन्दीमा कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको छ। आगामी दुई महिनाभित्रै रिक्त रहेका स्थानीय तहमा नयाँ कर्मचारी सिफारिस गर्ने तयारी भएको आयोगले जनाएको छ।

सहसचिव र उपसचिवमा खुला प्रतिस्पर्धा हुने
आयोगले यसपटक सहसचिव र उपसचिव पदमा खुला प्रतिस्पर्धाको कोटा छुट्टयाउने भएको छ। निजामती सेवा ऐन २०४९ अनुसार ४५ वर्ष उमेर नकटेका नेपाली नागरिकले यसपटक उपसचिव र सहसचिव पदमा खुला प्रतिस्पर्धाका लागि आवेदन दिन सक्नेछन्। निजामती सेवा ऐन २०४९ लाई विस्थापित गर्न बनेको संघीय निजामती सेवा ऐन हाल संसद्को राज्य व्यवस्था समितिमा विचाराधीन अवस्थामा छ।

नयाँ ऐन नआएकोले आयोगले करिब १८ वर्ष पुरानोको प्रशासन कानुनअनुसार सहसचिव र उपसचिव पदमा खुला प्रतिस्पर्धाका लागि विज्ञापन आह्वान गर्न लागेको हो। आयोगका प्रवक्ता शर्माले निजामती सेवा ऐन २०४९ अनुसार आयोगले विज्ञापन निकाल्ने बताए। उनले भने, ‘नयाँ कानुन नबन्दासम्म निजामती सेवा ऐन २०४९ लाई टेकेर हामीले विज्ञापन निकाल्छौं।’ निजामती सेवा ऐन २०४९ मा सहसचिव र उपसचिवमा खुला प्रतिस्पर्धाका लागि १० प्रतिशत कोटा छुट्टयाउनु पर्ने व्यवस्था गरिएको छ। नयाँ कानुनमा सहसचिव र उपसचिवमा खुला प्रतिस्पर्धामा कस्तो व्यवस्था राख्ने भन्नेबारेमा राज्य व्यवस्था समितिमा बहस र छलफल भइरहेको छ।, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।