७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड

अलमलमै अनिवार्य तथा निःशुल्क शिक्षा

अलमलमै अनिवार्य तथा निःशुल्क शिक्षा
अ+ अ-

काठमाडौँ । बर्दियाको बासगढी नगरपालिकाले एक वर्षअघि नै आधारभूत तहमा निःशुल्क तथा अनिवार्य शिक्षा लागू भएको नगरपालिका घोषणा गरे पनि माध्यमिक तहमा निःशुल्क र अनिवार्य गर्न सकेको छैन । सो नगरपालिकाका माध्यमिक तहका विद्यार्थीले विद्यालयको अवस्था हेरी धेरै थोरै शुल्क नतिरी सुख पाउँदैनन् ।
बासगढी नगरपालिकाका शिक्षा प्रमुख मनप्रसाद रेग्मीले भन्नुभयो, “सबै शिक्षकलाई पुग्दो तलब दिन सकिएको छैन । त्यसैले माध्यमिक तहसम्म पूर्ण रूपमा निःशुल्क गर्न सकिँदैन । ”
अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन प्रमाणीकरण भएको आउँदो असोज २ गते ठीक एक वर्ष पुग्दै छ । कागजमा अनिवार्य र निःशुल्क शिक्षा त भयो तर व्यवहारमा हुन सकेको छैन । ऐन कार्यान्वयनमा आएको एक वर्ष बित्न लाग्दा पनि नियमावलीको अत्तोपत्तो छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत वैशाख २ बाट सुरु भएको नयाँ शैक्षिक सत्रबाट सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पूर्ण निःशुल्क शिक्षा प्राप्त गर्ने प्रतिबद्धता सार्वजनिक रूपमा गरे पनि अलमलमै छ ।
ऐनमा विद्यालय वा शैक्षिक संस्थाले विद्यार्थी वा अभिभावकबाट कुनै पनि शीर्षकमा कुनै पनि शुल्क असुल नगरी दिइने शिक्षाका रूपमा निःशुल्क शिक्षालाई परिभाषित गरिएको छ । राज्यले माध्यमिक तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने हुन्छ भने आधारभूत तहसम्म अनिवार्य शिक्षा प्रदान गर्नुपर्छ ।
ऐनमा निःशुल्क शिक्षा प्राप्त गर्दा प्रत्येक नागरिकले ऐन वा अन्य प्रचलित कानुनबमोजिमका सर्त पालना गर्नुपर्ने उल्लेख गरिए पनि त्यस्तो सर्त तयार गरिएको छैन । अभिभावकलाई आफ्ना सन्तानलाई आधारभूत तहसम्म अनिवार्य रूपमा विद्यालय पठाउन बाध्यकारी बनाउन सरकार सफल भएको छैन । ऐनमै प्रत्येक स्थानीय तहमार्फत राज्यले चार वर्ष पूरा भई १३ वर्ष उमेर पूरा नभएका प्रत्येक बालबालिकालाई आधारभूत तहसम्म अनिवार्य शिक्षा प्रदान गर्नुपर्ने व्यवस्था प्रस्ट उल्लेख छ ।
मासिक शुल्क नभनेर वार्षिक वा सहयोग शुल्कका नाममा सामुदायिक विद्यालयहरूले शुल्क उठाउँदै आएका छन् । गुणस्तरीय शिक्षाका लागि निजी स्रोतबाट राखिएका शिक्षकको तलब व्यवस्थापन गर्न शुल्क उठाउनु परेको तर्क विद्यालयका प्रधानाध्यापकहरूको छ ।
काठमाडौँको ज्ञानोदय माध्यमिक विद्यालयलाई प्रारम्भिक बाल विकासका लागि सरकारले एक जना सहयोगी कार्यकर्ताको कोटा उपलब्ध गराएको छ जब कि त्यस माविले १२ जना सहयोगी कार्यकर्तालाई निजी स्रोतमा राखेको छ । अन्य तहका गरी विद्यालयमा ५० जना निजी स्रोतका शिक्षक छन् । सरकारले त्यस माविलाई व्यवस्थापन खर्च भनेर वार्षिक १८ हजार रुपियाँ एकमुष्ठ उपलब्ध गराउने गरेको छ । बिजुली प्रयोग गरेबापत गत महिना २९ हजार रुपियाँको बिल आएको सो माविले मासिक रूपमा कम्तीमा ३६ हजार रुपियाँ खानेपानी खरिदमा खर्च गर्दै आएको छ ।
ज्ञानोदय माविका प्रधानाध्यापक नातिकाजी महर्जनले सहयोगस्वरूप भनेर अभिभावकसँग रकम उठाउने गरिएको बताउँदै भन्नुभयो, “आवश्यक सङ्ख्यामा शिक्षक उपलब्ध नगराएपछि शुल्क उठाउनु हामीहरूको बाध्यता हो । बिजुली, खानेपानी, मर्मतसम्भार आदिका लागि पनि ठूलै रकम चाहिन्छ । कि ती सेवा विद्यार्थीलाई उपलब्ध गराउन सक्दैनौँ भन्नुपर्छ, होइन भने शुल्क उठाउनैपर्ने हुन्छ । ”
ऐनमा निजी विद्यालयहरूले कक्षा १२ सम्म पाँच सय जनासम्म विद्यार्थी भएमा कम्तीमा १० प्रतिशतलाई, पाँच सयदेखि आठ सय जनासम्म भएकाले कम्तीमा १२ प्रतिशतलाई र आठ सयभन्दा बढी विद्यार्थी भएका विद्यालयले कम्तीमा १५ प्रतिशतलाई निःशुल्क अध्यापन गर्नुपर्ने स्पष्ट लेखे पनि त्यसको कार्यान्वयनसमेत हुन सकेको छैन ।
भरतपुर उपमहानगरपालिकाका शिक्षा प्रमुख सीताराम कोइरालाले अभिभावकले सहयोग शुल्क तिर्नैपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । “राज्यले पुग्ने गरी शिक्षक दरबन्दी, शैक्षिक सामग्री र विषयगत शिक्षक उपलब्ध गराउनुपर्छ”, उहाँले भन्नुभयो, “जति हतारमा यो ऐन ल्याइयो, त्यसको ‘स्पिरिट’अनुसार कार्यान्वयन हुन सकेन । यो कार्यान्वयन हुन नसक्नुमा आर्थिक कारण नै प्रमुख हो । ”
स्थानीय तहहरूले आफ्नै शिक्षा ऐन लागू गरेका छन् र त्यसमा पनि अनिवार्य तथा निःशुल्क शिक्षा ऐनको व्यवस्थालाई छुटाएका छैनन् । कागजी रूपमा उल्लेख गरे पनि व्यवहारमा सबै हच्किएका छन् । पोखरा महानगरपालिकाका शिक्षा प्रमुख गङ्गाबहादुर गुरुङले ऐन बनेपछि सरकारले सोहीअनुरूप आवश्यक प्रबन्ध गर्न सक्नुपथ्र्यो भन्दै थप्नुभयो, “आवश्यक शिक्षकलाई पुग्ने तलब नै दिन नसकेपछि निःशुल्क शिक्षा सम्भव छैन । यसका लागि योजना पनि बनाएका छैनौँ । ”
शिक्षाविद्हरू ऐन जारी भएको एक वर्ष बित्न लाग्दा पनि नियमावली बन्न नसक्नबाट राज्य यसप्रति उदासीन रहेको प्रमाणित हुने तर्क गर्नुहुन्छ । शिक्षाविद् प्राडा मनप्रसाद वाग्लेले ऐनले गरेको व्यवस्थालाई कार्यान्वयन नगरी अधकल्चो राख्न पाइँदैन भन्दै बताउनुभयो, “कार्यान्वयन नै गर्न सकिँदैन भने यो ऐन बनाइरहनु आवश्यक थिएन । ऐन ल्याइसकेपछि कार्यान्वयन गर्न नियमावली बनाउन नसक्नुमा शिक्षा निकायको कमजोरी हो । ”
शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले क्रमशः कार्यान्वयन हुने अपेक्षा रहेको उल्लेख गर्दै भन्नुभयो, “नियमावली तयार हुँदै छ । ऐनको भावनाअनुरूप निःशुल्क र अनिवार्य शिक्षा उपलब्ध गराउने नै हो, तर त्यसका लागि केही समय लाग्छ ।”, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।