२३ असार २०८३, मंगलवार
,
Latest
एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने निर्माण कार्यमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही र खरिद ऐन संशोधनको तयारीमा सरकार मौद्रिक नीतिको वार्षिक समीक्षा : विस्तृत मुद्रा प्रदाय लक्ष्यभन्दा माथि सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना कानुनी विवादमा सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट टेबल अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

युके ब्रेक्सिट मन्त्रीले राजीनामा दिए



अ+ अ-

लन्डन । प्रधानमन्त्री बोरिस जोनसनको मन्त्रिपरिषद्का एक वरिष्ठ सदस्यले शनिबार राति राजीनामा दिएका छन् र  यो सँगै यसै हप्ता आफ्नै सांसद र मतदाताहरूबाट विद्रोहको सामना गरेको सरकार भित्र थप असमझदारी देखिएको छ ।

ब्रेक्सिट मन्त्री डेभिड फ्रस्टले जोनसनलाई लेखेको पत्रमा एक पत्रिकाले अर्को महिना पद छाड्ने योजना बनाएको खबर दिएपछि आफूले तुरुन्तै राजीनामा दिएको बताए।

फ्रस्टले भने कि इयु छोड्ने प्रक्रिया दीर्घकालीन काम हुनेछ। 'त्यसैले हामी यस महिनाको शुरुमा जनवरीमा अगाडि बढ्ने र इयुसँगको हाम्रो भविष्यको सम्बन्धलाई व्यवस्थित गर्न अरूलाई डण्डा सुम्पने कुरामा सहमत भयौं,' उनले आफ्नो राजीनामा पत्रमा भनेका छन्।

उनले जोनसनको नीतिहरूप्रति बढ्दो मोहभंगको कारण राजीनामा दिएका हुन्। अखबारका अनुसार फ्रोस्टको निर्णय गत हप्ताको नयाँ महामारी प्रतिबन्धको  चर्चाबाट शुरु भएको थियो जसमा मानिसहरूले खोपको प्रमाण वा नाइटक्लबहरू र अन्य भीडभाड स्थानहरूमा प्रवेश गर्न कोरोनाभाइरस परीक्षणको नेगेटिभ प्रमाण अनिवार्य गरिएको थियो । (रासस-एपी)