२२ भाद्र २०८३, सोमबार
,
Latest
विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह सहिद लखन र इच्छाकामनालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमोर्चाका अध्यक्ष नेकपामा प्रवेश



अ+ अ-

बैतडी । राष्ट्रिय जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष अर्जुन मडै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । अध्यक्ष मडैसँगै जनमोर्चालगायत अन्य पार्टीका एक दर्जन बढी नेता/कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका छन् ।

सुर्नया गाउँपालिकास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शनिबार उनीहरु नेकपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्ने नवप्रवेशीलाई नेकपा केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इञ्चार्ज नरेन्द्र कँुवर ९विजयसुन्दर०ले टीका लगाई स्वागत गर्नुभयो । नेकपा केन्द्रीय सदस्य कुँवर, बैतडीबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय प्रेमप्रकाश भट्ट र लीलाधरको उपस्थितिमा सुर्नया गाउँपालिकामा अन्तक्र्रिया तथा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । नेकपाका सुर्नया गाउँपालिका कमिटी प्रस्तावित अध्यक्ष जगदीश कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरकारले गरिरहेका कामकाज तथा पार्टीको आगामी रणनीतिबारे छलफल गरिएको थियो ।