७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड

निगमले परीक्षण नगरी पठायो हिलोजस्तै लेदो डिजेल

निगमले परीक्षण नगरी पठायो हिलोजस्तै लेदो डिजेल
अ+ अ-

काठमाडौं । नेपाल आयाल निगमको थानकोट डिपोले रक्सौलबाट लेदो मिसिएर आएको इन्धन परीक्षण नै नगरी सोझै पम्पमा पठाउने गरेको पाइएको छ । गत बुधबार ट्यांकरबाट ल्याइएको डिजेल राजधानीका दुई पम्पको भूमिगत ट्यांकीमा खसाल्नुअघि चेकजाँचका लागि बाल्टीमा झिकेर हेर्ने क्रममा लेदो मिसिएको भेटिएपछि निगमले परीक्षण नगर्ने गरेको खुलासा भएको हो ।

पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको बाग्मती अञ्चलकका अध्यक्ष अच्युत खड्काका अनुसार ट्यांकर ना।४ ख ५१७२ नम्बरको ट्यांकरले ज्ञानेश्वरको भ्याली फ्युल सेन्टर र गौचरन पम्पमा खसालेको डिजेल लेदोयुक्त भेटिएको हो । ‘भ्याली फ्युल सेन्टरमा १ सय ८० लिटर र सानो गौचरनमा १ सय ४८ लिटर डिजेलमा लेदो पाइयो,’ उनले भने, ‘दुवै पम्पले बाल्टीमा तेल हालेर चेकजाँच गर्न खोज्दा लेदो झरेपछि भूमिगत ट्यांकीमा तेल हालिएन ।’ साधारणतया ट्यांकरले तेल झार्नुअघि पम्प सञ्चालकले बाल्टीमा तेल झारेर हेर्ने चलन छ ।

२० हजार लिटर डिजेल बोकेको ट्यांकर ज्ञानेश्वर झर्नुअघि कलंकीका तीन पेट्रोलपम्पमा डिजेल खसालेको थियो । त्यहाँको डिजल पनि लेदोयुक्त भएको आशंका गरिएपछि घटना ढाकछोप गर्न खोजिएको छ ।

ट्यांकरको तेलमै लेदो पाइएपछि यसको दोष भने एक–अर्कामाथि थुपारिएको छ । एक थरीले थानकोट डिपोलाई दोषी देखएका छन् । डिपोले भारतबाट आएको तेल पुनः परीक्षण गरेर मात्र पम्पमा विवतरण गर्नुपर्नेमा व्यवस्था छ । तर, डिपोले परीक्षण नै नगरी भारतबाट आएको ट्यांकर सोझै पम्प पठाएको आरोप छ ।

डिपोले भने इन्धन परीक्षण गरेको दाबी गर्दै बाटोमा हुने कैफियतबारे चालक दोषी रहनेतर्क गरेको छ । आयल निगमको थानकोट डिपो प्रमुख विनितमणि उपाध्यायले गुणस्तर परीक्षण गरेको दाबी गरे । ‘गुणस्तर परीक्षणमा भएको लापरबाहीबारे कर्मचारीसँग जानकारी मागेको छु,’ उनले भने, ‘पम्पलाई दिनुपर्ने क्षतिपूर्ति ढुवानीकर्ताबाट दिलाउनेछु ।’

यसरी भयो घटना
स्रोतका अनुसार ना ४ ख ५१७२ नम्बरको ट्यांकरले भारतीय आयल कर्पोरेसन (आइओसी) को रक्सौल डिपोबाट डिजेल बोकेर आएको थियो । सो ट्यांकर आयल निगमको थानकोट डिपोमा छिरेर तेल नखन्याई पम्पमा पठाइएको थियो । सामान्यतया आइओसीबाट ल्याएको तेल निगमको भण्डारणगृहमा हाल्नुपर्छ । र, भण्डारणगृहबाट ट्यांकरमा लोड गरी पम्पलाई पठाउनुपर्छ । ‘तर, आइओसीबाट ल्याएको डिजेल थानकोटमा परीक्षण नगरी सोझै पम्पलाई पठाइयो,’ स्रोतको भनाइ छ, ‘त्यसैले भारतबाटै लेदो मिसिएको डिजेल पम्पमा पुगेको हुन सक्छ ।’

ज्ञानेश्वरस्थित भ्याली फ्युल सेन्टरको अन्डरट्यांकीमा तेल खन्याउनुअघि जाँच गर्न खन्याइएको बाल्टीमा लेदो डिजेल । तस्बिर स् नयाँ पत्रिका
थानकोट डिपोले बुधबार बिहान ना ४ख ५१७२ नम्बरको ट्यांकरलाई कलंकी, ज्ञानेश्वर र सानो गौचरनको पम्पलाई डिजेल पठाएको थियो । ५ वटा च्याम्बरको सो ट्यांकरले कलंकीका तीनवटा पम्पमा डिजेल अनलोड गरी ज्ञानेश्वरस्थित भ्याली फ्युल सेन्टरमा डिजेल खन्याउन गएको थियो । पम्पका कर्मचारीले अन्डर ट्यांकीमा डिजेल हाल्नुअघि तेलको परीक्षण गर्छन् । यसका लागि १–२ बाल्टी तेल खन्याएर हेर्ने गरिन्छ । बुधबार पनि ट्यांकरको एउटा च्याम्बरको पाइप हुँदै तेल बाल्टीमा खसाल्दा कालो लेदो झ¥यो । त्यसपछि दुई–चार बाल्टी झार्दा पनि कालो लेदो मात्र झरेपछि कर्मचारी सशंकित भएर सो चेम्बरको तेल पम्पको अण्डार ट्यांकीमा नहाली पठाइदिए ।

सो ट्यांकरका चालक नजिकै रहेको अर्को सानो गौचरन पम्पमा पनि गए । त्यहाँका कर्मचारीले डिजेल अन्डर ट्यांकीमा खसाल्नुअघि परीक्षण गर्न बाल्टीमा हाल्दा लेदो मात्र झर्‍यो । दुईवटा पम्पमा पठाइएको तेलमा लेदो भेटिएपछि ट्यांकर फिर्ता गरिएको थियो ।

शुद्धतामा बढ्यो आशंका
आयल निगमले डिपोभित्र छिरेको डिजेलको ‘डिस्कोसिटी’ परीक्षण गरेर मात्र पम्पमा पठाउनुपर्ने भए पनि बुधबार लेदो मिसिएको डिजेल परीक्षणविनै पम्प पुगेको थियो ।
डिस्कोसिटी परीक्षणले कति तेलमा कति तापक्रम छ, तेलको घनत्व कति छ भन्ने थाहा दिन्छ र त्यसैबाट ट्यांकरभित्रको तेल बाक्लो र पातलो रहेको पनि पत्ता लाग्छ । त्यस्तै, पेट्रोलको डेन्सिटी, तापक्रम र प्mयुल बोइल प्वाइन्ट परीक्षण गर्नुपर्छ । यसबाट पेट्रोलको बाक्लोपना र शुद्धता परीक्षण हुन्छ ।

तर, पछिल्लोसमय थानकोट डिपोले लापरबाही गरी परीक्षणविनै तेल पम्पमा पठाउने गरेको पाइएको छ । त्यसकारण पम्पमा अशुद्ध पेट्रोल र डिजेल आउने सम्भावना बढेको छ ।

पेट्रोलपम्पमा रहेको सामान्य उपकरणले शुद्धता परीक्षण हुन सक्दैन । उपभोक्ताकर्मी माधव तिमिल्सिनाले पम्पमा आएको अशुद्ध तेलले सवारीसाधनको इन्जिन खराब हुनेतर्फ सचेत हुन आयल निगमलाई आग्रह गरे । ‘निगमले शुद्धता परीक्षणमा चासो नदिँदा देशभरका उपभोक्ता मारमा पर्छन् भन्ने कुराको हेक्का राख्नुपर्छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भनेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।