२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआईसी एशिया बैंकद्वारा भलिबल टोलीलाई खेल पेशाक हस्तान्तरण



अ+ अ-

काठमाडौं । बंगलादेशमा आयोजना हुने एशियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यामिपयनसिपमा सहभागी हुन जाने नेपाली टोलीलाई एनआईसी एशिया बैंकले आईतवार खेल पोशाक हस्तान्तरण गरेको छ । थापाथली स्थित बैकको केन्द्रिय कार्यलयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोसन कुमार न्यौपानेले महिला टिमकी कप्तान अरुणा शाही, पुरुष टिमका कप्तान इम रानामगर र महिला टिमका मुख्य प्रशिक्षक जगदिस भट्टलाई खेल पोशाक हस्तान्तरण गरेका थिए ।

नेपालको नेतृत्व गर्दै बंगलादेशमा एशियन सेन्ट्रल जोन खेल्न जाने पुरुष तथा महिलाका सदस्यलाई उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गर्दै प्रमुख कार्यकारी अधिकृत  न्यौपानेले भने– खेलाडी प्रशिक्षक तथा सहभागि टिमका लागि हाम्रो संस्थाले खेल पोशाककै रुपमा हातेमालो गर्ने अवसर पाएकोमा गर्भ महसुस गरेका छौं । नेपालको राष्ट्रिय खेलको विकास विस्तारका लागि सबै कर्पोरेट हउसबाट योगदान दिनहुन पनि अनुरोध गर्दछु ।

सो अवसरमा प्रशिक्षक भट्टले राष्ट्रिय खेल भलिबलको विकास र विस्तारमा बैंकले देखाएको चाँसोमा नेपाल भलिबल संघ र समग्र भलिबल खेलाडी आभार ब्यक्त गदै आगमि दिनमा पनि एनआईसी एशिया बैंकको सहयोग सद्भाव रहिरहने विश्वास ब्यक्त गरे ।  बिदाई तथा खेल पोशाक हस्तान्तरण कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत क्रिकेटर सन्तोष कुमार राठी,बैंकका सहायक महाप्रबन्धक नेपाल भलिबल संघका उपाध्यक्ष भलिबलका राष्ट्रिय खेलाडी रन्जन खड्कालगायतको उपस्थिति रहेको थियो ।

बैंकले महिला तथा पुरुष टिमका खेलाडी,प्रशिक्षक र अफिसियललाई जुता,स्पोर्टस् ब्याग,निक्याप र मोजा उपलब्ध गराएको थियो ।