२५ जेष्ठ २०८३, सोमबार
,
Latest
इप्पानको साधारणसभा जेष्ठ २९ मा, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष व्यवस्था हटाउने प्रस्ताव राख्ने लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ प्रदेशहरूलाई पूर्ण स्वायत्तता घोषणा गर्न माग गर्दै माईतीघरमा जनमत पार्टीको प्रदर्शन प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआईसी एशिया बैंकद्वारा भलिबल टोलीलाई खेल पेशाक हस्तान्तरण



अ+ अ-

काठमाडौं । बंगलादेशमा आयोजना हुने एशियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यामिपयनसिपमा सहभागी हुन जाने नेपाली टोलीलाई एनआईसी एशिया बैंकले आईतवार खेल पोशाक हस्तान्तरण गरेको छ । थापाथली स्थित बैकको केन्द्रिय कार्यलयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोसन कुमार न्यौपानेले महिला टिमकी कप्तान अरुणा शाही, पुरुष टिमका कप्तान इम रानामगर र महिला टिमका मुख्य प्रशिक्षक जगदिस भट्टलाई खेल पोशाक हस्तान्तरण गरेका थिए ।

नेपालको नेतृत्व गर्दै बंगलादेशमा एशियन सेन्ट्रल जोन खेल्न जाने पुरुष तथा महिलाका सदस्यलाई उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गर्दै प्रमुख कार्यकारी अधिकृत  न्यौपानेले भने– खेलाडी प्रशिक्षक तथा सहभागि टिमका लागि हाम्रो संस्थाले खेल पोशाककै रुपमा हातेमालो गर्ने अवसर पाएकोमा गर्भ महसुस गरेका छौं । नेपालको राष्ट्रिय खेलको विकास विस्तारका लागि सबै कर्पोरेट हउसबाट योगदान दिनहुन पनि अनुरोध गर्दछु ।

सो अवसरमा प्रशिक्षक भट्टले राष्ट्रिय खेल भलिबलको विकास र विस्तारमा बैंकले देखाएको चाँसोमा नेपाल भलिबल संघ र समग्र भलिबल खेलाडी आभार ब्यक्त गदै आगमि दिनमा पनि एनआईसी एशिया बैंकको सहयोग सद्भाव रहिरहने विश्वास ब्यक्त गरे ।  बिदाई तथा खेल पोशाक हस्तान्तरण कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत क्रिकेटर सन्तोष कुमार राठी,बैंकका सहायक महाप्रबन्धक नेपाल भलिबल संघका उपाध्यक्ष भलिबलका राष्ट्रिय खेलाडी रन्जन खड्कालगायतको उपस्थिति रहेको थियो ।

बैंकले महिला तथा पुरुष टिमका खेलाडी,प्रशिक्षक र अफिसियललाई जुता,स्पोर्टस् ब्याग,निक्याप र मोजा उपलब्ध गराएको थियो ।




भर्खरै