७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने

फौजी किराको प्रकोप बढ्दै

फौजी किराको प्रकोप बढ्दै
अ+ अ-

पाँचथर । प्रदेश १ का पहाडी जिल्लामा बाली नै सखाप गर्नेगरी अमेरिकी मिचाहा फौजी किराको प्रकोप बढ्दै गएको छ। ओखलढुंगामा देखिएको यो किराको प्रकोप प्रदेश १ का अघिकांश पहाडी जिल्लामा पुगेको छ। नेपालमा नौलो किरा भएकाले यसको नियन्त्रणका लागि ठोस कार्ययोजना बनेको भने देखिँदैन।

किराले खेतीबालीको पात, गुभो, फललगायत खाएर क्षति पु(याइरहेको छ। छिटो विस्तार हुने र छिटो आक्रमण गरी सखाप पार्ने हुँदा यो कृषि क्षेत्रमा ठूलो चुनौतीका रुपमा देखा परेको छ। खडेरीले आक्रान्त बनेका बस्तीमा फौजी किराको संक्रमण थपिएको हो। खडेरीले मकै सखाप बनाएका ठाँउमा पानी परेपछि पुनः लगाइएको मकै खेतीमा फौजी किराको आक्रमण भएको हो। प्रदेश १ का ओखलढुंगा, भोजपुर, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, इलाममा फौजी किराको आक्रमण देखिएका हो। यो मध्ये ओखलढुंगा, पाँचथर, उदयपुर, भोजपुर जिल्लामा बढी समस्या देखिएको छ।

फौजी किराको संक्रमण बढ्ने क्रममा छ। बढी मात्रामा यस क्षेत्रमा मकैबालीमा यो समस्या देखिएको हो। तर कोदो, धान खेतीमा पनि यो किराको आक्रमण देखिएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ। अन्य बालीमा पनि फैलिने खतरा भएको कृषि प्राविधिकले बताएका छन्। नेपालमा पहिलोपटक यही वर्ष फौजी किराको प्रकोप दोखा परेको उनीहरुको भनाइ छ।
यसलाई नियन्त्रण गर्ने, बढ्न नदिने गरी कुनै योजना बनाइएको छैन। पहाडका विभिन्न जिल्लाबाट रोगको प्रकोपको रिपोर्टिङ भइरहेको प्रदेश १ का कृषि निर्देशनालय प्रुमख बेनु प्रसाईले बताए। बढी सुक्खा क्षेत्रमा यो समस्या देखिएको उनको भनाइ छ। ‘प्रदेश १ का पहाडी जिल्लामा फौजी किराको प्रकोप बढेर गएको छ। यो पहाडबाट तराईका जिल्ला पुग्यो भने थप संकट निम्तिने खतरा छ। ‘प्रदेश स्तरबाट रोग पहिचान गर्ने, विषाधीको सिफारिस गर्ने काम भइरहेको छ। कृषि ज्ञान केन्द्रबाट रिर्पोटिङ लिने काम भइरहेको छ। नयाँ रोग भएकाले समस्या भएको छ ’ प्रमुख प्रसाई भने, ‘छिटो फैलिने पुतली हो। यसको लार्भाले खेतीबालीलाई नष्ट गर्ने गरेको छ। विषाधीको माध्यमबाट नियन्त्रण गर्न सकिन्छ। पहिचान र नियन्त्रणका लागि समुदायको सहयोग महत्वपर्ण छ। यसको प्रकोप नियन्त्रण निकै चुनौतीपूर्ण छ।’

गर्मी ठाउँमा यसको प्रकोप छिटो बढ्ने बताइन्छ। खडेरीले पीडित बनेका किसानले पानी परेपछि पुनः लगाएको खेती सखाप गर्ने फौजी किराको आक्रमणले किसानमा निराशा छाएको छ।

ओखलढुंगामा निकै ठूलो प्रकोप देखिएको छ। यहाँको मानेभञ्याङ र दूधकोशी गाउँपालिकामा बढी संक्रमण देखिएको कृषि ज्ञान केन्द्रका प्रमुख विष्णुमणि पोखरेलले जानकारी दिए। उनका अनुसार एकातिर नियन्त्रण ग¥यो अर्कोतिर संक्रमण बढ्ने गरेको छ। हिलेभञ्याङ, मोदी, थाक्ले, सुनकोशीको १ देखि ७ वडामा नै संक्रमण देखिएको छ। खडेरीले सखाप परेपछि पुनः लगाइएको बालीमा यो समस्या देखिएको पोखरेलले जानकारी दिए। उनका अनुसार करिब पाँच सय हेक्टरमा यसको प्रकोप देखिएको छ। ‘२० दिन अघिदेखि फैलिरहेको छ। केन्द्रको टोली आएर पहिचान गरेको हो। निक्कै ठूलो प्रकोपको रुपमा देखिएको छ,’ पोखरेलले भने।

ओखलढुंगा झै प्रकोप पाँचथरमा पनि देखिएको छ। यहाँका तुम्बेवा र कुम्मायक गाउँपालिकामा यस्तै प्रकोप देखिएको हो। कृषि ज्ञान केन्द्रको टोलीले स्थलगत अनुगमन फौजी किराको प्रकोप बढेको पुष्टि गरेको हो। तुम्बेवाको १, २, ४ र ५ नम्बर वडा, कुम्मायकको तल्लो क्षेत्रमा बढी समस्या देखिएको हो। केही दिन अघिदेखि यो समस्या देखिएको खबर आएपछि ज्ञान केन्द्रको टोली उक्त क्षेत्र पुगेको थियो। ‘हामीले समस्या देखिएका सबै क्षेत्रमा पुगेर हेर्दा अवस्था जटिल बन्दै गएको पाइएको छ। ५० प्रतिशतभन्दा बढी क्षति पुगेको छ। यो बढ्ने क्रममा छ।

पानी परेपछि लगाइएको मकैबाट फलको आशा गरेका किसानमा निरासा देखिन्छ,’ कृषि ज्ञान केन्द्र पाँचथरका निमित्त प्रमुख सागर विष्टले भने, ‘स्थानीय तहसँग मिलेर विषाधी वितरण गर्ने काम अघि बढाएका छौं। केही ठाउँमा कोदोमा समेत फौजी किराको प्रकोप फैलिएको पाइएको छ। पूर्ण रुपमा नियन्त्रण नहुने हो भने समस्या विकराल हुन्छ।’ विष्टका अनुसार राति उड्ने किराले पातमा लार्भा जन्माउछ। लार्भाले जे भेट्यो त्यही खाने भएकाले छिटो प्रकोप बढेको विष्टले जानकारी दिए। उनका अनुसार एक रातमा फौजी किरा एक सय किलोमिटर टाढासम्म उड्न सक्छ। यो रातिमात्र उड्ने बताइन्छ।

यसअघि गाउँपालिकाले बाँडेको विषाधीले किरा नियन्त्रणमा आएको थिएन। ‘निकै डरलाग्दो खडेरीले पीडित थियौं। पानी परेपछि पुनः मकै खेती लगाएका थियौं। खेती फस्टाउदै थियो। फेरि यो किराले आक्रमण गरेर सखाप बनायो,’ तुम्बेवाका अर्जुन दाहालले भने, ‘पात बोट सबै खाएको छ। छिटोछिटो फैलिएर आक्रमण गर्दो रहेछ। किसान उभो लाग्ने अवस्था आएन।’ विष्टका अनुसार किरा नियन्त्रणका लागि इमामेक्टिङ बेन्जोयट, कोरोन्टा निलिप्रोल, स्पिनो स्याडजस्ता विषाधी सिफारिस भएको छ। यो विषाधी पहाडी जिल्लामा पाउन कठिन छ।

पाँचथरसँग सीमा जोडिएका तमोर तटीय क्षेत्रमा पर्ने तह्रथुम र धनकुटामा पनि यो समस्या बढ्दै गएको छ। यहाँको सुक्खा क्षेत्रमा यो समस्या देख्न थालिएको हो। किसानले खबर गरेपछिमात्र प्राविधिकको टोली पुग्ने भएकाले समस्या विस्तार भइसकेको हुन्छ। भोजपुरमा पनि यस्तो समस्या देखिएको छ। यहाँको भोजपुर नगरपालिका टक्सार क्षेत्र र हतुवागडी गाउँपालिकामा यस्तो समस्या देखिएको छ। कृषि प्राविधिक जानकी भटराईका अनुसार मकैका साथै धानबालीमा समेत यो समस्या देखिएको छ।

खोटाङको हलेसी तुवाचुङ, रावाबेसीमा यो समस्या देखिएको छ। यहाँ पनि किराको आक्रमण बढिरहेको बताइएको छ। इलाममा पनि यो समस्या देखिएको ज्ञान केन्द्रका शालिकराम महराले जानकारी दिए। उनका अनुसार इलाम नगरपालिका–८ तिल्केनीमा धान बालीमा किराको आक्रमण देखिएको हो।, समाचार नागरिक दैनिकमा प्काशित छ ।