२ आश्विन २०८३, शुक्रबार Friday, September 18, 2026
२ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने News Polar पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट News Polar बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने News Polar बाढीको पानी घट्यो, जोखिम घटेन News Polar जुम्ली स्याउको बजार विस्तार र शीतभण्डारमा जोड दिन सभामुखसमक्ष आग्रह News Polar साउनमा महँगी बढ्यो,मुद्रास्फीति ५.९६ प्रतिशतमा

समुद्रको आनन्द लिन अब विदेश जानु पर्दैन, भैरहवामै समुद्र !

समुद्रको आनन्द लिन अब विदेश जानु पर्दैन, भैरहवामै समुद्र !
अ+ अ-

भैरहवा । समुद्रको आनन्द लिन यहाँबाट मानिसको विदेश भ्रमणमा जाने क्रम बढ्दो छ। ट्राभल्स एजेन्सीहरूको लोभ्याउने विभिन्न भ्रमण प्याकेज छन्। समुद्रमा नुहाउन र त्यसमा छलाङ मार्न नेपालीले लाखौं रुपैयाँ खर्चिदै आएका छन्। मनोरञ्जनको नाममा देशबाट वार्षिक अर्बौं रुपैयाँ बाहिरिँदैछ।

भैरहवाको बोधी रेडसन होटल परिसरमा निर्मित रेडसन वाटर फन पार्कमा पर्यटन उद्यमी प्रमोदकुमार यादवले समुद्रको झल्को दिने गरी कृत्रिम समुद्र तयार गरेका छन्। शनिबारबाट सञ्चालनमा आएको फनपार्कमा समुद्रमा नुहाउनेदेखि त्यसको छलाङको आनन्दसम्म लिन सकिन्छ। जसका लागि ‘वेभ पुल’ तयार गरिएको छ।

‘अचेल धेरै नेपाली समुद्री मनोरञ्जनका लागि लाखौं खर्चिएर विदेश गइरहेका छन्’, फनपार्कका अध्यक्ष यादवले भने, ‘स्वदेशी रकम बाह्य मुलुकमा जानबाट रोक्नमा मद्दत पुग्ने विश्वासका साथ विदेशसरह स्वदेशमै सेवा प्रदान गर्न खोजेका हौं।’ सञ्चालन आएको यो एक सय ४० वर्गफिटको ‘वेभ पुल’ नेपालमा पहिलो हो। ‘वेभ पुल’ लाई विशेष किसिमको प्रविधिले तरंगित गराई समुद्रको कृत्रिम छाल बन्ने फनपार्कका इन्जिनियर पेन्दुम लामाले बताए।

फनपार्कमा प्रयोग हुने पानीले मानिसको छालामा असर नगर्ने गरी १० वटा स्यान्ड फिल्टर राखिएको र विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेका रसायन मात्रै प्रयोग गरिने बताए। उनले भने, ‘पार्कमा प्रयोग हुने पानीको स्वच्छता र सेवाग्राहीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरेका छौं।’ गर्मीयाममा भैरहवामा प्रचण्ड गर्मी हुन्छ। मानिस गर्मीले अतालिन्छन्। तर यसलाई मध्यनजर गर्दै पार्कमा ‘स्नो फल’ (हिमपात) क्षेत्रसमेत निर्माण गर्न लागिएको अध्यक्ष यादवले बताए। तीन महिनामा पार्क भित्रको एक क्षेत्रमा हिमपातको आभास हुनेसमेत सेवाग्राहीले पाउनेछन्। यो पनि नेपालकै पहिलो हुनेछ।

‘बाहिर प्रचण्ड गर्मी भए पनि निर्माण हुने हिमपात क्षेत्रमा जाँदा हिमालयमा जस्तै हिउँ खस्छ। माइनस २५ डिग्री सेल्यिस तापक्रम हुन्छ। ज्याकेट लगाएर पस्नुपर्छ’, संघीय सांसदसमेत रहेका उनले भने, ‘जसका लागि चाहिने कृत्रिम पहाड बनाइरहेका छौं।’ पार्कमा दुईवटा रेलको समेत सुविधा उपलब्ध गराउने गरी कार्य भइरहेको छ। १५ करोड लगानीमा सञ्चालनमा आएको फनपार्कमा बालबालिकाका लागि अन्य सुविधा पनि छन्।

पार्कमा प्रत्येक व्यक्तिका लागि ५ सय रुपैयाँको टिकट लाग्ने भए पनि छठ पर्वसम्म मध्यनजर गर्दै ३ सय ५० रुपैयाँ कायम गरिएको छ। जेष्ठ नागरिक र विद्यार्थीलाई अधिकतम छुटको व्यवस्था गरिएको छ। साढे चार बिघामा फैलिएको रेडसन वाटर फन पार्क पश्चिम नेपालकै उत्कृष्ट गन्तव्य बनाउने गरी अन्य पूर्वाधार निर्माण गर्दै जाने र करिब ३० करोड खर्च हुने अनुमान गरिएको फनपार्कका प्रबन्ध निर्देशक पञ्चु यादवले बताइन्।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।