१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रासिदको उत्कृष्ट प्रदर्शनसँगै बंगलादेश पराजित



अ+ अ-

काठमाडौं । रासिद खानले आफ्नो कप्तानीमा खेलेको पहिलो टेष्टमा नै अफगानिस्तानलाई जित दिलाएका छन् । अफगानिस्तानले बंगलादेशलाई २२४ रनले हराएको हो ।

३८३ रनको लक्ष्य पछ्याएको बंगलादेशले ६ विकेटको क्षतिमा बनाएको १३६ रनबाट पाँचौं तथा अन्तिम दिनको खेल थालेको थियो । तर वर्षाले पटकपटक खेल रोकियो ।

वर्षा रोकिएपछि सुरु भएको खेलमा जाहिर खानले सकिब अल हसनको विकेट लिए । त्यसपछि रासिद खानले मेहदी हसन मिराज र तैजुल इस्लामलाई पभेलियनको बाटो देखाए ।

यसअघि अफगानिस्तानले रहमत शाहको शतकको मदतमा पहिलो पारीमा ३४३ रन बनाएको थियो । बंगलादेशलाई २०५ रनमा समेटेको उसले दोस्रो पारीमा २६० रन बनाएको थियो ।