२२ भाद्र २०८३, सोमबार
,
Latest
धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता पाक्नै लागेको धानबाली नष्ट : भक्तपुरका किसान दुःखी भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रासिदको उत्कृष्ट प्रदर्शनसँगै बंगलादेश पराजित



अ+ अ-

काठमाडौं । रासिद खानले आफ्नो कप्तानीमा खेलेको पहिलो टेष्टमा नै अफगानिस्तानलाई जित दिलाएका छन् । अफगानिस्तानले बंगलादेशलाई २२४ रनले हराएको हो ।

३८३ रनको लक्ष्य पछ्याएको बंगलादेशले ६ विकेटको क्षतिमा बनाएको १३६ रनबाट पाँचौं तथा अन्तिम दिनको खेल थालेको थियो । तर वर्षाले पटकपटक खेल रोकियो ।

वर्षा रोकिएपछि सुरु भएको खेलमा जाहिर खानले सकिब अल हसनको विकेट लिए । त्यसपछि रासिद खानले मेहदी हसन मिराज र तैजुल इस्लामलाई पभेलियनको बाटो देखाए ।

यसअघि अफगानिस्तानले रहमत शाहको शतकको मदतमा पहिलो पारीमा ३४३ रन बनाएको थियो । बंगलादेशलाई २०५ रनमा समेटेको उसले दोस्रो पारीमा २६० रन बनाएको थियो ।