२२ भाद्र २०८३, सोमबार
,
Latest
विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह



अ+ अ-

काठमाडौं । समाज कल्याण परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा मानवीय सहयोगका क्रममा पीडितको आत्मसम्मान, मर्यादा र गोपनीयताको सम्मान गर्न सामाजिक संघसंस्था तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ।

परिषद्ले भदौ १० गते नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्दे खोलामा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा मानवीय सहयोग भइरहेको जनाएको छ।

राहत तथा मानवीय सामग्री वितरण गर्दा सम्बन्धित आचारसंहिता पूर्ण रूपमा पालना गर्न र पीडितको पीडा थपिने गरी उनीहरूको अनुमति बिना फोटो तथा भिडियो नखिच्न परिषद्ले अनुरोध गरेको छ।

त्यसैगरी, पीडितको अनुमति बिना व्यक्तिगत फोटो, भिडियो तथा धार्मिक वा व्यावसायिक प्रकृतिका फोटो, लोगो, संकेत वा प्रचारात्मक सामग्री राखी प्रकाशन तथा प्रसारण नगर्न पनि परिषद्ले सामाजिक संघसंस्था लगायत सबै पक्षलाई आग्रह गरेको छ।

परिषद्ले विपद्का समयमा मानवीय सहयोगका गतिविधि सञ्चालन गर्दा पीडितको सम्मान, मर्यादा र गोपनीयतालाई प्राथमिकतामा राख्न सम्बन्धित सबैमा अनुरोध गरेको हो। परिषद्को वेबसाइटमा पनि बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनासम्बन्धी आवश्यक सूचना प्रकाशित गरिएको छ।