२२ भाद्र २०८३, सोमबार
,
Latest
विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड बैतडीका १८ घर पहिरोको उच्च जोखिममा राहत वितरणमा पीडितको सम्मान र गोपनीयता कायम गर्न समाज कल्याण परिषद्को आग्रह चेपाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न प्रदेश सरकार तयार छः मुख्यमन्त्री थापा परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच टेलिफोन वार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीका १८ घर पहिरोको उच्च जोखिममा



अ+ अ-

काठमाडौं । बस्तीमाथिको जमिनमा दरार परेपछि बैतडीका १८ घर पहिरोको उच्च जोखिममा परेका छन् । बस्तीमाथिको खेत तथा जमिनमा दरार परेपछि डिलाशैनी गाउँपालिका-१ बरभकेका १८ घर पहिरोको जोखिममा परेका हुन् ।

पानी निरन्तर परीरहेकाले पहिरोको त्रास बढेको स्थानीय लक्ष्मण जागरीले बताउनुभयो । बस्तीभन्दा माथि जमिन चिराचिरा परेर फुटेकाले ती घर पहिरोको जोखिममा रहेका डिलाशैनी-१ का वडाध्यक्ष कृष्णकुमार धामीले बताउनुभयो । यसैबीच आइतबार सोक्षेत्रको प्रहरी, जनप्रतिनिधि तथा कर्मचारीले स्थलगत निरीक्षण गरेका छन् ।

“बस्तीबाट करिब ५०० मिटरमाथी जमिन चिराचिरा परेर भाँसिएको छ । केही दिनयता निरन्तर वर्षा भइरहेकाले पहिरोको जोखिम बढेको हो”, वडाध्यक्ष धामीले भन्नुभयो, “जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्न पहल भइरहेको छ ।”

उहाँका अनुसार गोरेदत्त भट्ट, कृष्णदत्त भट्ट, महावीर धामी, दूरा धामी, जसिदत्त भट्ट, मनिदरा भट्ट, लक्ष्मण जागरी, प्रताप जागरी, अकबर जागरी, नवराज भट्ट, धौले खत्री, कमल खत्री, जसे खत्री, कैले खत्री, प्रकाश धामी, धनबहादुर खत्री, ईश्वरदत्त भट्ट र धर्मराज भट्टको घर पहिरोको जोखिममा परेका हुन् । गाउँपालिका अध्यक्ष सन्तोष जोशीका अनुसार जोखिममा रहेका परिवारलाई आफन्तको घरमा वा सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

“उहाँहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो । जमिनमा देखिएको दरारका कारण वर्षा थपिएसँगै जोखिम बढ्न सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।