२ भाद्र २०८३, मंगलवार
,
Latest
९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन राजदूत नियुक्तिमा ढिलाइप्रति कांग्रेसको चासो, तत्काल नियुक्ति गर्न सरकारलाई आग्रह ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि



अ+ अ-

काठमाडाैँ । नेपाल भाषाका प्रतिष्ठित साहित्यकार एवं जनकवि दुर्गालाल श्रेष्ठको मंगलवार अन्तिम संस्कार गरिएको छ ।

९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित निजी निवासमा निधन भएका श्रेष्ठको काठमाडौंको शोभा भगवती घाटमा अन्त्येष्टि गरिएको हो । विगत ६ दशकदेखि साहित्य सिर्जनामा अनवरत रूपमा सक्रिय श्रेष्ठले नेपाल भाषा र नेपाली भाषा दुवैमा कविता, गीत तथा साहित्यका विभिन्न विधामा कलम चलाउनुभएको थियो । विशेष गरी नेपाल भाषाको साहित्यमा उहाँको अतुलनीय योगदान रहेको छ, जहाँ उहाँका एक दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छन् ।

साहित्य क्षेत्रमा पु¥याएको विशिष्ट योगदानको कदर गर्दै उहाँलाई दुई दशकअघि नेपाल भाषा परिषद्ले ‘जनकवि’को उपाधि प्रदान गरेको थियो । त्यसैगरी, उहाँलाई सन् २०१० (वि.सं. २०६७) मा प्रतिष्ठित ‘जगदम्बा श्री पुरस्कार’ बाट समेत सम्मानित गरिएको थियो ।

श्रेष्ठको अन्तिम बिदाइका क्रममा निकालिएको शवयात्रामा राजनीतिक दलका नेता, मन्त्रीगण तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । श्रद्धाञ्जली अर्पण गर्न नेपाली काँग्रेसका सभापति गगनकुमार थापा, गृहमन्त्री सुदन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल लगायतका उच्च पदस्थ व्यक्तिहरू शोभा भगवती पुगेका थिए ।