२२ भाद्र २०८३, सोमबार
,
Latest
नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै रासस र नेपाल टेलिकमबीच सेवा आदानप्रदान सम्झौता विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी…
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगु नियन्त्रण नभएकाले संकटकाल घोषणा गर्न काँग्रेसको माग



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डेंगुको संक्रमण बढ्दै गएकाले संकटकाल घोषणा गर्न सरकारसंग माग गरेको छ । राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै नेपाली काँग्रेसका सांसद राधेश्याम अधिकारीले डेंगु संक्रमण नियन्त्रण हुनुको सट्टा बढ्दै गएकाले सर्वसाधरण आतंकित बनेको भन्दै तत्काल संकटकाल घोषणा गरि नियन्त्रणको लागि अभियान सञ्चालन गर्न ध्यानाकर्षण गराएका हुन् ।

तत्काल डेंगु संक्रमणमा सरकार गम्भीर नबन्ने हो भने यसले महामारीको रुप लिने भन्दै उनले सरकारले राष्ट्रिय इर्मरजेन्सिको रुपमा लिनुपर्ने धारणा पनि राखे । ‘सरकार कुहिरोका काग बनेको छ । यसलाई अङ्ग्रेजीमा क्लु लेस भन्छ । ७७ जिल्लामध्ये ५६ जिल्लामा फैलिएको यो संक्रमण राष्ट्रिय महामारी हो कि होइन? राष्ट्रिय विपत्ति मान्नु पर्छ कि पर्दैन ? स्वास्थ्यक्षेत्रमा यसलाई संकटकाल घोषणा गर्नुपर्छ कि पर्दैन ? म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । कतिजना मान्छे मरेपछि यसले महामारीको रुप लिन्छ ?’ भन्दै सांसद अधिकारीले कडा रुपमा प्रश्न गरेका हुन् ।

बैशाखमा धरानमा देखिएको डेंगु संक्रमणबाट राजधानी काठमाडौंमा २ सहित ६ जनाको मृत्यु भइसकेको छ भने हजारौ यसबाट संक्रमित भईसकेका छन् । संक्रमण नियन्त्रण हुनुको सट्टा देशमा अझ फैलिदै गएको छ ।