१ भाद्र २०८३, सोमबार
,
Latest
मानव बेचबिखन नियन्त्रणका लागि तीन तहकै सरकारलाई सक्रिय बनाउनुपर्छः सांसदहरु राधिका हमालको नयाँ तीज गीत ‘जिन्दगी मालामालै छ’ सार्वजनिक मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च : प्राधिकरण नेप्से परिसूचक सामान्य अङ्कले घट्यो काठमाडौँ उपत्यकामा तार व्यवस्थापनमा प्रगति, फिनिसिङ र ट्यागिङ अझै चुनौती प्रधानमन्त्री शाहसँग मुख्यमन्त्री पाण्डेको भेटवार्ता, गण्डकीका विभिन्न विषयमा ध्यानाकर्षण देश विदेश डाक्टर पठाउँदै जुम्ला लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत, पक्षमा ४५ सांसद प्रतिनिधिसभाः दुई सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिन सभामुखद्वारा सरकारलाई निर्देशन चितवनमा बङ्गलादेशी फोटो पत्रकार टोलीलाई स्वागत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो



अ+ अ-

काठमाडाैँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव शून्य एक अङ्कले घटेर दुई हजार ६४१ दशमलव ८२ मा पुगेको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य आठ अङ्कले घटेर ४६३ दशमलव ६४ मा पुगेको छ ।

फ्लोट सूचक शून्य दशमलव ४७ अङ्कले घटेर १८१ दशमलव २८ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ४९ अङ्कले घटेर १५६ दशमलव ६४ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड १९ लाख ३२ हजार ३५ कित्ता सेयर रु पाँच अर्ब ५२ करोड ५५ लाख ११ हजार ८७२ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये पाँच उपसमूहको सेयर मूल्य बढेको छ भने आठ उपसमूहको मूल्य घटेको छ ।

त्यस्तै आज ७२ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको मूल्य घट्नुका साथै पाँच कम्पनी स्थिर रहेका छन् । नेप्सेका अनुसार आज सर्वाेत्तम पेन्ट्स इन्डिष्ट्रज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी, रिलाइन्स स्पिनिङ मिल्सलगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी फष्ट माइक्रोफाइनान्स लघुवित्त, महिला लघुवित्त, खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।