२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशलमव ७९ अङ्कले बढेर दुई हजार ६४१ दशमलव ८५ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८५ अङ्कले बढेर चार सय ६२ दशमलव २२ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव १७ अङ्कले बढेर १८१ दशमलव ३५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ३० अङ्कले बढेर १५६ दशमलव ४७ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका ९५ लाख ३४ हजार २२१ कित्ता सेयर रु चार अर्ब ११ करोड नौ लाख ७४ हजार ६७४ मूल्यमा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये छ उपसमूह बढ्यो भने सात उपसमूह घट्यो । आज १३४ कम्पनीको सेयर बढ्यो भने १२१ कम्पनीको सेयर घट्यो । त्यसैगरी २० कम्पनीको सेयरस्थिर रह्यो ।

नेप्सेका अनुसार आज अपर लोहारे खोला हाइड्रोपावर,आरबिबि डिबेञ्चर, लक्ष्मी उन्नति कोषका लगानीकर्ताले कमाएका छन् । त्यस्तै गरी महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, प्राइम डिबेञ्चर सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।