३१ श्रावण २०८३, आईतवार
,
Latest
तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ नयाँ टाटा पन्च ईभीको विशेष अफर आज अन्तिम, भोलिबाट मूल्य बढ्ने नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै गृहमन्त्री गुरुङद्वारा गोरखाका मतदातासँग भेटघाट, स्थानीयका समस्या समाधान गर्ने प्रतिबद्धता नेपाल अर्थोपेडिक अस्पतालको २८औँ वार्षिकोत्सव सम्पन्न लघुवित्त पीडित र सरकारबीच ७ बुँदे सहमति, राजधानी केन्द्रित आन्दोलन स्थगित कैलालीका १३ स्थानीय तहमा ‘एक स्थानीय तह दुई उत्पादन’ अभियान, रु. ५ करोड ५० लाख… देउवाले भनेः ‘म हिन्दू हुँ, हिन्दू धर्म मान्न पाउने अधिकार हुनुपर्छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको आन्तरिक एकता र संगठन सुदृढीकरणका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

आइतबार काठमाडौंमा संस्थापन इतर पक्षले आयोजना गरेको राष्ट्रिय भेलाको समापन गर्दै नेता कोइरालाले पार्टीभित्रको एकता कायम गर्दै संगठनलाई थप मजबुत बनाउनुपर्ने बताउनुभयो ।

भेलाले पारित गरेका पाँचबुँदे प्रस्तावप्रति ऐक्यबद्धता जनाउँदै उहाँले सहभागीहरूलाई धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभयो । पार्टीको संगठन सुदृढीकरणका लागि आगामी दिनमा पनि यस्ता सांगठनिक गतिविधिलाई निरन्तरता दिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

नेता कोइरालाले राष्ट्रिय भेला एकताका लागि आयोजना गरिएको उल्लेख गर्दै यही एकताका कारण आफूहरू एकै ठाउँमा उभिन सकेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “यो सम्मेलन एकताको लागि आयोजना गरिएको हो । यही एकताका कारण आज हामी एकै ठाउँमा उभिएका छौँ र भोलिका दिनमा पनि एकताबद्ध भएर अघि बढ्नुपर्छ ।”

आफूलाई भेलाको संयोजकको जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्दै कोइरालाले सम्मेलन सफल हुनुमा आफ्नोभन्दा सहभागीहरूको सहभागिता, सहमति र सहयोग महत्वपूर्ण रहेको बताउनुभयो ।

आवश्यकताअनुसार आगामी दिनमा यस्ता भेला काठमाडौंमा मात्र सीमित नराखी स्थानीय तहसम्मै पुगेर आयोजना गर्न सकिने उहाँले बताउनुभयो । पार्टीको सांगठनिक गतिविधिलाई तल्लो तहसम्म विस्तार गर्दै कांग्रेसलाई थप एकताबद्ध र सुदृढ बनाउनुपर्नेमा उहाँको जोड थियो ।