२८ श्रावण २०८३, बिहीबार
,
Latest
सरकारको कार्यसम्पादन कागजमा मात्र सिमित भएको सांसद रखालको आरोप चोरी भएका ५० थान दुई पाङ्ग्रे सवारीसाधन धनीलाई हस्तान्तरण मुलुकको वर्तमान समस्या र समाधानका लागि योग तथा ध्यानलाई राष्ट्रिय जीवनशैली बनाउनुपर्छः सांसद सापकोटा शशांक भन्छन्ः काँग्रेसको वैधानिक सभापति देउवा नै हुन् सरकारी स्वास्थ्य संस्थामा औषधिको अभाव भएको भन्दै सांसद चौधरीद्वारा सरकारको ध्यानाकर्षण सामाजिक सद्भाव कायम गर्न र महँगी नियन्त्रण गर्न सांसद विश्वकर्माको माग सांसद चन्दको प्रश्नः जनतालाई आधा सिलिण्डर ग्यास दिन नसक्नेले कुन नैतिकताले हामीसँग ३५ वर्षको हिसाव… आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा सिद्धार्थ कुमार ठाकुर नियुक्त शुन्य समयः प्रेस स्वतन्त्रता, महँगी र विकास आयोजनाका प्रभावबारे सरकारको ध्यानाकर्षण अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार विस्तार गर्न सरकारलाई अर्थ समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री



फाइल फोटो
अ+ अ-

काठमाडाैँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा आज मतदातासँगको भेटघाटमा उहाँले सीमित स्रोतसाधनकाबीच जनताका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको जानकारी दिनुभयो ।

अर्थमन्त्री वाग्लेले भन्नुभयो, “बजेटका सीमाहरु छन्, रकम थोरै छ । जनताका अपेक्षा धेरै छन् । जुन बस्तीमा पुगेपनि जनताले खानेपानी, सडक, विद्यालय, स्वास्थ्यचौकी, तटबन्धन, खेलमैदानका माग गर्नुहुन्छ, सरकारले सक्दो त्यसलाई सम्बोधन गर्न प्रयास गरिरहेको छ ।”

उहाँले तनहुँको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउँदै यसपटकको बजेट वितरणमा न्यायोचित गर्न पहल गरिएको जानकारी दिनुभयो । तनहुँका जनताले आफूलाई दुई पटक प्रतिनिधिसभा सदस्यमा विजयी गराएको स्मरण गर्दै अर्थमन्त्री वाग्लेले त्यस कार्यमा जिल्लाबासीले लगाएको गुन र ऋण कहिल्यै नबिर्सिने बताउनुभयो ।

उहाँले दुम्सीमा खानेपानी र तटबन्धनका विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल गरी काम अगाडी बढाइने बताउनुभयो । त्यसअवसरमा स्थानीयवासीले दुम्सीका ५०० घरधुरीमा खानेपानीको समस्या रहेकोबारे उहाँलाई जानकारी गराउनुभएको थियो ।




भर्खरै