३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

शशांक भन्छन्ः काँग्रेसको वैधानिक सभापति देउवा नै हुन्

शशांक भन्छन्ः काँग्रेसको वैधानिक सभापति देउवा नै हुन्
अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले नेपाली काँग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गर्नुभएको छ ।

बिहीवार देउवा स्वदेश फर्किने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुग्नुभएका नेता कोईरालाले यस्तो दाबी गर्नुभएको हो । सभापतिको जिम्मेवारीका विषयमा कुनै कानूनी अड्चन वा ‘स्टे अर्डर’ नरहेको उल्लेख गर्दै उहाँले देउवा नेतृत्वकै मातहतमा पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीभित्रको आन्तरिक एकतामा जोड दिँदै बाहिरिएका पक्षहरूलाई पुनः मूलधारमा समाहित गर्नुपर्ने बताउनु भयो ।

कोईरालाले पार्टीलाई एक ढिक्का बनाउने प्रयास जारी रहने उल्लेख गर्नुभयो । पार्टी सभापति गगनकुमार थापाप्रति (संस्थापन समूह) लक्षित गर्दै उहाँले पार्टीबाट छुट्टिएर गएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सानेपा काँग्रेस छुट्टिएर गएको छ, उनीहरु आउनुपर्ने हो, उनीहरुले अनादर गर्छन्, के गर्छन् उनीहरुको कुरा हो । देउवा पार्टीको सभापति नै हो । अहिले पनि नेपाली काँग्रेसका सभपाति शेरबहादुर देउवा नै हो । उहाँ नै सभापति हो । स्टे अर्डर आएको छ की छैन ? हाम्रो प्रयास एक गर्न रहन्छ ।’

उहाँले पार्टीभित्रको असन्तुष्टिलाई संवादका माध्यमबाट समाधान गरी ढिलोचाँडो सबै पक्ष एक ठाउँमा आउनुको विकल्प नभएको समेत स्पष्ट पार्नुभयो  ।