४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधनमन्त्री जोनसनलाई झुट बोलेको आरोप, प्रतिक्रिया यस्तो दिए



अ+ अ-

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले महारानी इलिजावेथकै सल्लाहमा संसद निलम्बन गरेको स्पष्ट पारेका छन् । संसद निलम्बन गर्नु गैरकानूनी भएको फैसला स्कटल्याण्डको एक अदालतले सुनाएलगत्तै प्रधानमन्त्री जोनसनको यस्तो प्रतिक्रिया आएको हो ।

प्रधानन्त्री जोनसनले उक्त अदालतले गरेको निर्णयको सम्मान गरेको बताएका छन् । उनका अनुसार इङल्याण्डको उच्च अदालत आफूहरुसँग सहमत भएपनि उच्च अदालतको फैसला आउन बाँकी रहेको बताएका छन् ।

पाँच हप्ताका लागि निलम्बन गरिएको कारण अब बेलायतको संसद अक्टोबर १ देखि मात्र सुचारु हुने बताईएको छ ।