सम्राट बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘पासवर्ड’ आजबाट रिलिज भएको छ । बिहिबार बेलुकी काठमाण्डौको कुमारी हलमा चलचित्र ‘पासवर्ड’ को प्रिमियर समेत गरियो । प्रिमियरमा चलचित्रलाई सबैले राम्रै प्रतिक्रिया दिएका छन् ।
चलचित्रमा नायक अनुप विक्रम शाही, विक्रम जोशीको साथमा बलिउड नायिका सन्नी लियोनीको आइटम गीत समावेश भएको छ । चलचित्र ‘पासवर्ड’ सँगै अर्को नेपाली चलचित्र ‘हिरो नम्बर १’ पनि रिलिज भएको छ ।
यस्तै, भदौ १३ गतेबाट रिलिजमा आएको चलचित्र ‘मारुनी’ आजबाट तेश्रो सातामा प्रवेश गरेको छ । चलचित्रले दोश्रो सातामा पनि सुखद व्यापार नै गरेको थियो । अर्को साता, नयाँ चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज हुनेछ ।