२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजबाट चलचित्र ‘पासवर्ड’ रिलिज, अर्को साता ‘कबड्डी कबड्डी कबड्डी’



अ+ अ-

सम्राट बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘पासवर्ड’ आजबाट रिलिज भएको छ । बिहिबार बेलुकी काठमाण्डौको कुमारी हलमा चलचित्र ‘पासवर्ड’ को प्रिमियर समेत गरियो । प्रिमियरमा चलचित्रलाई सबैले राम्रै प्रतिक्रिया दिएका छन् ।

चलचित्रमा नायक अनुप विक्रम शाही, विक्रम जोशीको साथमा बलिउड नायिका सन्नी लियोनीको आइटम गीत समावेश भएको छ । चलचित्र ‘पासवर्ड’ सँगै अर्को नेपाली चलचित्र ‘हिरो नम्बर १’ पनि रिलिज भएको छ ।

यस्तै, भदौ १३ गतेबाट रिलिजमा आएको चलचित्र ‘मारुनी’ आजबाट तेश्रो सातामा प्रवेश गरेको छ । चलचित्रले दोश्रो सातामा पनि सुखद व्यापार नै गरेको थियो । अर्को साता, नयाँ चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज हुनेछ ।