११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

विद्युत् उत्पादनसँगै प्रसारण र वितरण पूर्वाधारको सन्तुलित विकास आवश्यक : मन्त्री श्रेष्ठ

विद्युत् उत्पादनसँगै प्रसारण र वितरण पूर्वाधारको सन्तुलित विकास आवश्यक : मन्त्री श्रेष्ठ
अ अ+ अ-

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधारको सन्तुलित र समन्वयात्मक विकास आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको ११औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले नेपाल विद्युत् उत्पादन, प्रसारण, आन्तरिक खपत र अन्तरदेशीय विद्युत् व्यापार विस्तारको निर्णायक चरणमा प्रवेश गरिसकेको बताउनुभयो । उहाँले विद्युत् उत्पादनको पूर्ण लाभ लिन आधुनिक, भरपर्दो, सुरक्षित र पर्याप्त क्षमताको प्रसारण प्रणाली निर्माणलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले विद्युत् उत्पादन मात्र बढाएर ऊर्जा क्षेत्रबाट अपेक्षित आर्थिक प्रतिफल हासिल गर्न नसकिने उल्लेख गर्दै उत्पादन, प्रसारण र वितरण पूर्वाधारको एकीकृत विकास आवश्यक रहेको बताउनुभयो । ‘विद्युत् उत्पादन बढ्दै जानु सकारात्मक उपलब्धि हो, तर उत्पादित विद्युतलाई विश्वसनीय रूपमा प्रसारण गर्न र उत्पादनशील क्षेत्रमा खपत बढाउन सकिएन भने यसको पूर्ण आर्थिक लाभ लिन सकिँदैन,’ उहाँले भन्नुभयो।

मन्त्री श्रेष्ठले सरकारले विद्युतलाई औद्योगिकीकरण, रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा समग्र आर्थिक रूपान्तरणको प्रमुख संवाहकका रूपमा विकास गर्ने नीति लिएको बताउनुभयो ।

त्यसका लागि उद्योग, कृषि, सिँचाइ, विद्युतीय यातायात, सूचना प्रविधि तथा अन्य उत्पादनशील क्षेत्रमा विद्युत् खपत बढाउन आवश्यक नीतिगत तथा पूर्वाधारगत व्यवस्था गरिने उहाँको भनाइ थियो ।

उहाँले देशभित्र खपत हुन नसक्ने अतिरिक्त विद्युत्लाई क्षेत्रीय बजारमा पु¥याएर विद्युत् निर्यातमार्फत विदेशी मुद्रा आर्जन तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान बढाउने पर्याप्त सम्भावना रहेको बताउनुभयो । नेपालको जलविद्युत् सम्भावनालाई क्षेत्रीय ऊर्जा बजारसँग जोड्न सकिए विद्युत् क्षेत्र मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्न सक्ने उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री श्रेष्ठले उच्च क्षमताका प्रसारण लाइन, सबस्टेसन तथा अन्तरदेशीय प्रसारण पूर्वाधारको विस्तारका लागि ठूलो लगानी आवश्यक रहेको बताउँदै सार्वजनिक क्षेत्रसँगै निजी क्षेत्र, विकास साझेदार, वित्तीय संस्था तथा अन्तर्राष्ट्रिय सहकार्यलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी, प्रसारण प्रणालीलाई भविष्यको विद्युत् उत्पादन र मागअनुसार सक्षम बनाउन आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको उहाँले बताउनुभयो । आधुनिक ग्रिड व्यवस्थापन प्रणालीको प्रयोगमार्फत प्रसारण प्रणालीलाई थप विश्वसनीय, प्रभावकारी र दिगो बनाउनुपर्ने उहाँको भनाइ थियो ।

मन्त्री श्रेष्ठले विद्युत् प्रसारण प्रणालीमा खुला पहुँच, पारदर्शी नियामकीय व्यवस्था तथा लागतमा आधारित प्रसारण सेवा प्रणाली विकास गर्दै प्रतिस्पर्धी र गतिशील विद्युत् बजार निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले ऊर्जा क्षेत्रमा लगानी आकर्षित गर्न स्पष्ट, स्थिर र लगानीमैत्री नीतिगत वातावरण निर्माण आवश्यक रहेको समेत उल्लेख गर्नुभयो।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले स्थापनाको उद्देश्यअनुरूप आफ्नो संस्थागत क्षमता थप विस्तार गर्दै रणनीतिक महत्वका प्रसारण पूर्वाधार निर्माणमा प्रभावकारी र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ थियो ।