१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले र नेकपाद्वारा लुम्बिनी प्रदेशका मसालसँग सत्ता सहकार्य



अ+ अ-

काठमाडौँ। विभिन्न प्रदेश सरकार गठनमा सहकार्यको यात्रा आरम्भ गरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले लुम्बिनी प्रदेश सरकार गठनमा नेकपा (मसाल)सँग पनि सहकार्य गर्ने भएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशका विकास निर्माण कार्यमा सहकार्य गर्ने जनाइएको छ । विज्ञप्तिमा राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्ष तथा प्रतिगमनका विरुद्धको आन्दोलनमा पनि सहकार्य गर्ने उल्लेख छ ।

यही साउन ९ गते दुई ठूला वाम दलबीच प्रदेश सरकारहरूको नेतृत्वका सम्बन्धमा शीर्ष तहमा सहमति भएको थियो ।