११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

कोशी प्रदेश सरकारबाट पाँच मन्त्रीले दिए राजीनामा

कोशी प्रदेश सरकारबाट पाँच मन्त्रीले दिए राजीनामा
अ अ+ अ-

विराटनगर। कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसतर्फका पाँच मन्त्रीले आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामूहिक राजीनामा दिनुभएको छ ।

कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवारको नेतृत्वमा स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी र भौतिक विकासराज्य मन्त्री शोभा चेम्जोङ सहभागी हुनभएको थियो।

उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइलका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का बीच पछिल्लो समयमा भएको तीनबुँदे सहमतिअनुसार नेपाली कांग्रेस सरकारबाट बाहिरिन उचित ठानेकाले सामूहिक रुपमा राजीनामा दिएको बताउनुभयो ।

अब कोशी प्रदेश सरकारमा नेकपा (एमाले)कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वकै सरकारमा नेकपा सहभागी हुने भएको छ । रासस