२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक खरिद प्रक्रिया तथ्यमा आधारित हुनुपर्छ, हचुवाका भरमा निर्णय नगरौँः वर्षमान पुन



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले सार्वजनिक निकायमा हुने खरिद प्रक्रिया र उजुरीउपरको छानबिन तथ्य र प्रमाणमा आधारित हुनुपर्नेमा जोड दिनुभएको छ ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद पुनले समितिले आफ्नो कार्यक्षेत्रभित्र रहेर वित्तीय सुशासन कायम गर्नुपर्ने बताउनुभएको हो । बैठकमा सुरक्षा निकायको खरिद प्रक्रियामा परेको उजुरीका सम्बन्धमा धारणा राख्दै पुनले लेखा समितिले आर्थिक र वित्तीय अनुशासनको पाटोलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । सांसद पुनले समितिमा उजुरी पर्दैमा सम्बन्धित पदाधिकारीलाई अपराधीको रूपमा हेर्न नहुने तर्क गर्नुभयो। गृह सचिव र प्रहरी महानिरीक्षक (आईजीपी) लाई छलफलका लागि बोलाउनु समितिको नियमित प्रक्रिया भएको स्पष्ट पार्दै उहाँले यसलाई स्वाभाविक रूपमा लिन आग्रह गर्नुभयो ।

पछिल्लो समय सार्वजनिक खरिद प्रक्रियामा हुने अत्यधिक उजुरी र छानबिनका कारण सुरक्षा निकायका अधिकारीहरू आवश्यक सामग्री खरिद गर्न हच्किएको प्रति पुनले चासो व्यक्त गर्नुभयो । उजुरीका स्रोतहरूबारे विश्लेषण गर्दै पुनले यसका पछाडि तीनवटा कारण हुन सक्ने औँल्याउनु भयो । उहाँकाअनुसार प्रतिस्पर्धामा पराजित ठेकेदार वा सप्लायरको प्रतिशोध, संस्थाभित्रकै प्रतिष्पर्धी कर्मचारीको महत्त्वाकाङ्क्क्षा, वा विकृति रोक्न चाहने सचेत नागरिकको सक्रियताका कारण उजुरीहरू आउने गरेका छन् । समितिले यी सबै पक्षलाई मध्यनजर गर्दै निष्पक्ष छानबिन गर्नुपर्ने उहाँको भनाइ छ ।

सांसद पुनले लेखा समितिले तत्कालै कुनै अन्तिम निष्कर्षमा पुग्नुभन्दा सम्बन्धित निकायबाट थप कागजात मगाएर विस्तृत अध्ययन गर्नुपर्ने र आवश्यक परे उपसमिति गठन गरेर अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो । उहाँले इमानदार कर्मचारी र पदाधिकारीलाई काम गर्ने वातावरण बनाउनुपर्ने र खराब आचरण भएकाहरूलाई मात्र दण्डित गर्ने प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल