२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोजपुरमा रु. ९ करोड ८८ लाखको कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण हुने



अ+ अ-

काठमाडाैँ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ। केन्द्र निर्माणका लागि गाउँपालिका र नेपालस्थित भारतीय दूतावासबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको छ।

समझदारीपत्रमा गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत र भारतीय दूतावासका विकास साझेदारी काउन्सिलर अविनासकुमार सिंहले हस्ताक्षर गर्नुभएको हो।

केन्द्र निर्माणको कुल लागत रु. ९ करोड ८८ लाख ६७ हजार ७८५ रहेको छ। परियोजनाको कुल लागतको ९५ प्रतिशत रकम भारतीय दूतावासमार्फत उपलब्ध हुने तथा बाँकी पाँच प्रतिशत रकम र मूल्य अभिवृद्धि कर (भ्याट) गाउँपालिकाले व्यहोर्ने सम्झौतामा उल्लेख छ। समझदारीअनुसार केन्द्र निर्माणको अवधि १५ महिना तोकिएको गाउँपालिका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो।

विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार निर्माण हुने केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन, कृषि उपज सङ्कलनस्थल, ग्रेडिङ तथा वर्गीकरण र प्रशोधनलगायतका सुविधा रहनेछन्।

अध्यक्ष बस्नेतले लामो समयदेखिको पहल, निरन्तर समन्वय र प्रयासपछि कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माणको योजना कार्यान्वयनको चरणमा पुगेको बताउनुभयो। उहाँले केन्द्रलाई गाउँपालिकाको गौरवको योजनाका रूपमा अघि बढाइएको उल्लेख गर्दै यसबाट स्थानीय किसानले आफ्ना उत्पादनको उचित बजार पाउने विश्वास व्यक्त गर्नुभयो।

“कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माणका लागि भारतीय दूतावाससँग समझदारीपत्रमा हस्ताक्षर गरेका छौँ,” उहाँले भन्नुभयो, “यो हाम्रो गाउँपालिकाको गौरवको योजना पनि हो।”

कृषि उत्पादन बढ्दै गए पनि व्यवस्थित सङ्कलन, भण्डारण र बजार व्यवस्थापनका लागि पर्याप्त सुविधा नहुँदा स्थानीय किसानले समस्या भोग्दै आएका छन्। नयाँ केन्द्र सञ्चालनमा आएपछि कृषि उपजको व्यवस्थित सङ्कलन, भण्डारण, प्रशोधन तथा बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।