२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने



अ+ अ-

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने भएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बेपत्ता पारिएका व्यक्तिका उजुरी प्राप्त हुना साथ उजुरीको छानबिन तथा सत्य अन्वेषणलाई प्रभावकारी बनाउने भएको हो ।

आज काठमाडौँमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा आयोगका सचिव ध्रुवकुमार चौहानले पीडित तथा पीडित परिवारको अधिकार र व्यक्तिको सरोकारलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्ने तथा आयोगबाट सम्पादन हुने कामलाई थप व्यवस्थित र परिणाममुखी बनाइने जानकारी दिनुभयो ।

आयोगले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन भएका काम, अनुसन्धान तथा छानबिनको अवस्था, उजुरीमाथि भएको कारबाही, पीडित तथा पीडित परिवारसँग गरिएको समन्वय, अभिलेख व्यवस्थापन लगायतको विषयमा जानकारी गराएको छ । आयोग हाल पदाधिकारीविहीन अवस्थामा रहेको छ ।