४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध एयरकाे नयाँ जहाज काठमाडाैंमा अवतरण, विमान संख्या १३ पुग्याे



अ+ अ-

काठमाडौं । नेपालकाे निजी क्षेत्रकाे प्रतिष्ठित एवं सफल विमान कम्पनी बुद्ध एयरले ७२ सिट क्षमताकाे नयाँ एटीआर-७२ विमान ल्याएकाे छ । भारतकाे चेन्नईबाट उडेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ बजेर ४० मिनेटमा अवतरण गरेको कम्पनीले बताएको छ ।

नयाँ विमानसँगै बुद्ध एयरमा विमानको संख्या १३ पुगेको छ । जसमा ८ वटा एटीआर-७२ छन् । एटीआर-४२ जहाज तीन वटा र दुईवटा १९०० डी जहाज छन् ।

कम्पनीले अर्को जहाज दशैं अघि नै ल्याउने यसअघि नै जनाइसकेकाे छ । कम्पनीका अनुसार नयाँ जहाजले दशैंअघिनै सेवा थाल्नेछ । नयाँ जहाजले दशैं, तिहार र छठका लागि यात्रुलाई सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ ।