२२ भाद्र २०८३, सोमबार
,
Latest
सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै ठमेल पर्यटन विकास परिषदद्वारा बाढीपीडितलाई राहत सामग्री सहयोग सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने सामग्री प्रसारण गर्ने एक जना पक्राउ प्रधानमन्त्री उद्धार कोषमा भक्तपुर नगरपालिकाको ३० लाख सहयोग भोटेकोशी बाढीको मुद्दा लिएर प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध एयरकाे नयाँ जहाज काठमाडाैंमा अवतरण, विमान संख्या १३ पुग्याे



अ+ अ-

काठमाडौं । नेपालकाे निजी क्षेत्रकाे प्रतिष्ठित एवं सफल विमान कम्पनी बुद्ध एयरले ७२ सिट क्षमताकाे नयाँ एटीआर-७२ विमान ल्याएकाे छ । भारतकाे चेन्नईबाट उडेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २ बजेर ४० मिनेटमा अवतरण गरेको कम्पनीले बताएको छ ।

नयाँ विमानसँगै बुद्ध एयरमा विमानको संख्या १३ पुगेको छ । जसमा ८ वटा एटीआर-७२ छन् । एटीआर-४२ जहाज तीन वटा र दुईवटा १९०० डी जहाज छन् ।

कम्पनीले अर्को जहाज दशैं अघि नै ल्याउने यसअघि नै जनाइसकेकाे छ । कम्पनीका अनुसार नयाँ जहाजले दशैंअघिनै सेवा थाल्नेछ । नयाँ जहाजले दशैं, तिहार र छठका लागि यात्रुलाई सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ ।