२५ श्रावण २०८३, सोमबार
,
Latest
विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशकको योग्यता र दायरा फराकिलो बनाउन सांसद डा. कार्कीको प्रश्ताव काँग्रेस सांसद यादवले भने– ढल्केवरमा थप आन्दोलन नचर्कियोस् हरि ढकाललाई एमाले सांसद घतानीको प्रश्न– सिंहदरबार जलाएर पुगेन र ? प्रधानमन्त्रीको सम्बोधन फेसबुकको भ्युज र मनिटाइजेसनमा केन्द्रित भएको एमालेको आरोप विधि विज्ञान प्रयोगशाला विधेयकः कार्यकारी निर्देशकको उमेर हद हटाउन सांसद बरालको माग प्रधानमन्त्री साहलाई काँग्रेस सांसद काउचाले भनिन्– ‘कालो चश्मा खोल्नुस्, तपाईं एक्लो हुनुहुन्न’ यी २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीसँग अर्थमन्त्री वाग्लेकाे छलफल सुरू निजी क्षेत्रको सफलता नै राष्ट्रको आर्थिक समृद्धिको आधारः अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री शाहलाई भारतीय राजदूत श्रीवास्तवमार्फत मोदीको शुभकामना कैलालीका शिवालयमा भक्तजनको घुइँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन



अ+ अ-

काठमाडाैँ । गुह्येश्वरी फाँटस्थित गुह्येश्वरी ढल प्रशोधन केन्द्रले दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन गरिरहेको छ । केन्द्रका प्रमुख रामकुमार श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र निर्माण थालिएको छ ।

सल्लाघारी, कोड्कु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा प्रशोधन केन्द्र निर्माण जारी छ । काठमाडौँ उपत्यकाका नदी तथा वातावरणलाई स्वच्छ राख्न अझ धेरै ढल प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक भएको उहाँ बताउनुहुन्छ ।

प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न फोहर पानी र वर्षाको पानीका लागि छुट्टाछुट्टै पाइप प्रणाली आवश्यक पर्ने बताउँदै उहाँले त्यसका लागि स्थानीय तहसँग समन्वय गरिरहेको बताउनुभयो ।

बालुवा, इँटा, मरेका जनावरलगायत फोहर प्रशोधन गर्न कठिन हुने गरेको छ । ढलको फोहर र वर्षाको पानी एउटै प्रणालीबाट प्रशोधन केन्द्रमा प्रवाह हुँदा उक्त समस्या भएको उहाँको कथन छ ।




भर्खरै