३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

प्रधानमन्त्रीको सम्बोधन फेसबुकको भ्युज र मनिटाइजेसनमा केन्द्रित भएको एमालेको आरोप

प्रधानमन्त्रीको सम्बोधन फेसबुकको भ्युज र मनिटाइजेसनमा केन्द्रित भएको एमालेको आरोप
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा गर्ने सम्बोधन सरकारी सञ्चारमाध्यमलाई भन्दा निजी फेसबुक पेजको भ्युज र मनिटाइजेसनलाई प्राथमिकता दिएको आरोप लगाएको छ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा एमालेकी सचेतक निता घतानीले प्रधानमन्त्रीले प्रविधिको प्रयोग गर्नु सकारात्मक भए पनि राज्यका आधिकारिक सञ्चार माध्यमलाई पन्छाएर सामाजिक सञ्जालको भ्युज बढाउनेतर्फ केन्द्रित हुनु उचित नभएको बताइन्।

उनले प्रधानमन्त्री शाहले संसद्को रोस्टमबाट नेपालले समेत भारतको सीमा मिचेको आशय व्यक्त गरेको भन्दै आपत्ति जनाइन्। यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले कुन तथ्य, प्रमाण र कूटनीतिक आधारमा अभिव्यक्ति दिएको हो भन्ने स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो।

‘सत्ता र सरकार अस्थायी हुन्, तर भूगोल र सार्वभौमसत्ता स्थायी हुन्छ,’ घतानीले भनिन्, ‘आफ्नै देशको अस्मितामाथि प्रश्न उठ्ने अभिव्यक्ति तत्काल संसद्को रेकर्डबाट हटाइनुपर्छ र प्रधानमन्त्रीले यस विषयमा माफी माग्नुपर्छ।’

सरकार जनताले भोगिरहेका आधारभूत समस्याप्रति गम्भीर नदेखिएको आरोप पनि उनले लगाइन्। उनका अनुसार सहकारीका बचतकर्ताहरू आफ्नो रकम फिर्ताको प्रतीक्षामा छन् भने सुकुम्बासीहरू अझै पनि सुरक्षित बासको खोजीमा छन्। तर सरकारले यी समस्याको समाधानका लागि प्रभावकारी कदम चाल्न नसकेको उनले बताइन्।

किसानले समयमा मल नपाउनुका साथै उत्पादनको उचित मूल्य नपाएको, गरिब तथा विपन्न नागरिकले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको र स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न नसकेको उनले बताइन्।

बजारमा ग्यासको अभाव र बढ्दो महँगीप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराइन्। ‘बजारमा ग्यास छैन, तर सरकार कहाँ छ ?’ उनले प्रश्न गरिन्।

पासपोर्ट, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लगायतका सरकारी सेवा लिन तथा अस्पतालमा उपचार गराउन नागरिकले अझै लामो लाइनमा बस्नुपर्ने अवस्था अन्त्य हुन नसकेको उनको भनाइ थियो।

यसैबीच, पछिल्लो समय सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने भन्दै भइरहेको बहसबारे पनि सचेतक घतानीले संसद्मा टिप्पणी गरेकी छन्।