२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस् : कुलमान



अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले राजधानीका धरधनीलाई घर भडामा बस्ने सङ्ग बढि भाडा नलिन चेतावनी दिएको छ । प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले तोकिएको भन्दा बढी दरमा भाडावालासँग महसुल नलिन घरबेटीसँग आग्रह गरेका हुन् ।

आइतबार प्राधिकरणद्वारा आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, ‘तोकिएको भन्दा बढी दरमा भाडा असुल्नु गैरकानूनी हो । प्राधिकरणसँग निश्चित दरमा किनेको बिजुली त्योभन्दा बढीमा बेचेर व्यापार गर्न पाइँदैन ।’

प्राधिकरणले खपतका आधारमा प्रति युनिट तीन रुपैयाँदेखि १३ रुपैयाँसम्म महसुल लिन्छ । तर, कतिपय घरबेटीहरुले भाडावालासँग २० रुपैयाँसम्म असुल्ने गरेको उजुरी आएको प्राधिकरणले जनाएको छ ।

घिसिङले भने, ‘यस्तो प्रवृत्तिले प्राधिकरणप्रति नै जनमानसमा गलत धारणा विकास हुन सक्ने भएकाले हामीले गम्भिरता पूर्वक लिएका छौं ।’