२२ श्रावण २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ वटा सामुदायिक विद्यालयको भौतिक विकास गर्न ६२ करोड २८ लाख रुपियाँ लागतमा खरिद प्रक्रिया



अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले १२ वटा सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा सुधारका लागि छुट्टाछुट्टै बोलपत्रमार्फत करिब ६२ करोड २८ लाख रुपियाँ लागतको खरिद प्रक्रिया अगाडि बढाएको छ ।

विद्यालयहरूको भौतिक अवस्थालाई प्रचलित मापदण्ड अनुकुल बनाउन विद्यार्थी संख्या, जग्गाको स्वामित्व, भौगोलिक जोखिम र पूर्वाधारको आवश्यकताका आधारमा लगानी बढाएको हो । यसका लागि सहरी योजना आयोगबाट अध्ययन गरिएको थियो । अध्ययनबाट प्राप्त तथ्यका आधारमा खरिद प्रक्रिया अगाडि बढाएको हो ।

‘सामुदायिक शैक्षिक गुणस्तरलाई प्रतिस्पर्धी र समयको माग अनुरुप बनाउन हामीले लगानी बढाएका छौँ ।’ योजना कार्यान्वयनका विषयमा कार्यवाहक प्रमुख सुनिता डंगोल भन्नुहुन्छ, ‘बालमैत्री सिकाइ, प्रविधिमा आधारित कक्षा कोठा, वातावरणीय सुधार र सजावट, प्रयोगात्मक अभ्यासको अवसर जस्ता सुविधालाई समान रुपमा वितरण गर्ने हाम्रो योजना छ ।

हामीले गरेको लगानीबाट शिक्षकहरुलाई शिक्षणका लागि प्रोत्साहन हुनेछ । विद्यार्थीहरुलाई सिकाइप्रति रुचि जाग्नेछ । समग्रमा, बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक जस्ता चौतर्फी पक्षको सन्तुलित विकास सबल बन्नेछ ।’