२२ श्रावण २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि



अ+ अ-

टोरन्टो। क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको छ, जसले बेरोजगारी दरलाई ६.४ प्रतिशतमा झारेको राष्ट्रिय तथ्याङ्कले देखाएको छ ।

क्यानडाको अर्थतन्त्रले अमेरिकी कर वृद्धिको समस्यासँग अनुकूलन हुँदै गर्दा यो दुई वर्षयताकै सबैभन्दा कम रोजगारीका अवसरको वृद्धि स्तर हो ।

‘स्ट्याटिस्टिक्स क्यानाडा’ले भनेको छ, “रोजगारीको समीक्षा पूर्णकालीन र आंशिक दुवैमा बाँडिएको थियो र वित्तदेखि निर्माणसम्मका उद्योगहरूमा फैलिएको थियो।”

तथ्याङ्क अनुसार यो रोजगारी सङ्ख्या विश्लेषकहरूको अपेक्षाभन्दा धेरै बढी देखिएको छ । विश्लेषकहरूले करिब २० हजार नयाँ रोजगारीको पूर्वानुमान गरेका थिए र यसले बैङ्क अफ क्यानाडाको दृष्टिकोणलाई बलियो बनाउने उनीहरूको अनुमान रहेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार प्रतिबन्धहरूलाई राम्रोसँग सामना गरिरहेका छन् । यो संयुक्त राज्य अमेरिकाको अवस्थासँग पनि उल्लेखनीय विपरीत नतिजा हो । शुक्रबार जुलाईमा अमेरिकामा २३ हजार थप रोजगारी गुमेको रिपोर्ट आएको छ । यद्यपि यो विश्लेषकहरूको अनुमानभन्दा धेरै कम हो ।

प्रधानमन्त्री मार्क कार्नीले यस साता भन्नुभएको थियो, “सरकार नयाँ करको प्रभावलाई कम गर्न वासिङ्टनसँग सहकार्य गरिरहेको छ र परिमार्जित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतामा सम्झौता खोजिरहेको छ।” (रासस/एएफपी)