२२ श्रावण २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च नेता मोज्तबासँगको सञ्चार ‘अहिले निकै कठिन’ : इरानी राष्ट्रपति



अ+ अ-

तेहरान। सर्वोच्च नेता मोज्तबा खामेनीसँग सञ्चार अहिले निकै ‘कठिन’ भएको इरानका राष्ट्रपति मसूद पेजेस्कियानले बुधबार बताउनुभएको छ ।

खामेनी मध्यपूर्व युद्ध सुरु गरेको अमेरिका र इजरायलद्वारा गरेको संयुक्त आक्रमणमा घाइते हुनुभएको थियो भने उहाँ आफ्ना पिताको उत्तराधिकारी बनेपछि सार्वजनिक रूपमा देखा पर्नुभएको छैन ।

मोज्तबाका पिता तथा पूर्ववर्ती इरानका तत्कालिन सर्वोच्च नेताको फेब्रुअरी २८ मा सुरू भएको भएको आक्रमणको सुरूमा नै मृत्यु भएको थियो । “अहिले उहाँसँग सञ्चार गर्न निकै कठिन छ, तर जे भए पनि उहाँको उपस्थिति हाम्रा लागि ठूलो शक्ति स्रोत हो जसले हामीलाई अगाडि बढ्न मद्दत गर्छ,” पेजेस्कियानले भन्नुभयो ।

सर्वोच्च नेता मोज्तावा खामेनीले लिखित वक्तव्यमार्फत प्रशासनिक कामलाई सञ्चालन गर्दै आउनुभएको छ । इरान अमेरिकाविरुद्ध द्वन्द्वमा रहेको बेला उहाँको कम उपस्थितिले अन्य उच्च अधिकारीसँगको उहाँको सम्बन्धबारे अटकल बाजीलाई जन्म दिएको छ । उहाँ विशेष गरी गत महिना आफ्ना पिताको अन्त्येष्टि समारोहमा समेत उपस्थित हुनुभएको थिएन ।

पेजेस्कियानले पनि आफ्ना नेताको रक्षा गर्दै भन्नुभयो, “आफू उहाँसँग उत्पादक बैठक गर्न सफल हुनुभएको छ । इरानले एक ‘दयालु तथा अत्यन्त स्वस्थ तर्क’ गर्ने नेता पाएको छ । “दुर्भाग्यवश, हालको अवस्थाका कारण केही दुर्भावनापूर्ण व्यक्तिले उहाँलाई फरक रूपमा वर्णन गर्छन् र उहाँको फरक छवि प्रस्तुत गर्छन्,” उहाँले भन्नुभयो । रासस/एएफपी