२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा सत्ता र प्रतिपक्षका नेताहरुबीच चल्यो जुहारी



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरेको छ । सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुबिच संसदमा जुहारी चलेको हो ।

बैठकको सुरूमा बोल्दै कांग्रेस सांसद पुष्पा भुषालले केही दिनअघि बाँकेमा जिल्ला सभापति किरण कोइरालामाथी हातपात गर्नेलाई कारबाही हुनुपर्ने माग राख्न नपाउदै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद नन्दलाल रोकायले घटनामा नेकपाका कार्यकर्ताको संलग्नता नरहेको भन्दै अहिले उजुरी परेकाहरूलाई कारबाही भए आफूहरू पनि आन्दोलनमा जाने बताएका थिए।

रोकायको भनाइ सकिन नपाउँदै कांग्रेस सांसदहरू सिटबाट उठेर उनीहरूले रोष्ट्रम घेर्दै नाराबाजी गरेका थिए ।

सभामुख कृष्णबहादुर महराले सांसद भुषाल र रोकायले बोलेकोबारे सरकारलाई केही भन्छु, बस्नुस् भन्दा पनि उनीहरूले नाराबाजी जारी राखेका छन्।

यसअघि कांग्रेसले आइतबारको संसद अवरूद्ध गरेको थियो।