१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा सत्ता र प्रतिपक्षका नेताहरुबीच चल्यो जुहारी



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा बैठकमा सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरेको छ । सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुबिच संसदमा जुहारी चलेको हो ।

बैठकको सुरूमा बोल्दै कांग्रेस सांसद पुष्पा भुषालले केही दिनअघि बाँकेमा जिल्ला सभापति किरण कोइरालामाथी हातपात गर्नेलाई कारबाही हुनुपर्ने माग राख्न नपाउदै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद नन्दलाल रोकायले घटनामा नेकपाका कार्यकर्ताको संलग्नता नरहेको भन्दै अहिले उजुरी परेकाहरूलाई कारबाही भए आफूहरू पनि आन्दोलनमा जाने बताएका थिए।

रोकायको भनाइ सकिन नपाउँदै कांग्रेस सांसदहरू सिटबाट उठेर उनीहरूले रोष्ट्रम घेर्दै नाराबाजी गरेका थिए ।

सभामुख कृष्णबहादुर महराले सांसद भुषाल र रोकायले बोलेकोबारे सरकारलाई केही भन्छु, बस्नुस् भन्दा पनि उनीहरूले नाराबाजी जारी राखेका छन्।

यसअघि कांग्रेसले आइतबारको संसद अवरूद्ध गरेको थियो।