१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबिबिएस समेतकाे प्रवेश परीक्षा असाेज ३ देखि



अ+ अ-

काठमाडाैंः त्रिवि चिकित्सा अध्ययन संस्थान (इन्स्टिच्यूट अफ मेडिसिन) ले चिकित्सा शिक्षाअन्तर्गतका एमबिबिएस, बिडिएस, बिएनएस, बिएस्सी नर्सिङ, बिपिएचको प्रवेश परीक्षा आगामी असोज ३, ५, ६ र ७ गते हुने जनाएको छ।

संस्थानको साेमबार बसेको स्नातक तह प्रवेश परीक्षा सञ्चालक समितिको बैठकले सो मिति तय गरेको हो । यसअघि ती परीक्षा यही भदौ २१, २२ , २३ र २४ गतेलाई तय गरिएका थिए ।

सर्वोच्च अदालतले सो मितिमा ती तहका परीक्षा रोक्न संस्थानलाई आदेश गरेपछि स्थगित गरेर पुनः गर्न अर्को मिति निर्धारण गरिएको हो । ती तहका नयाँ शैक्षिक कार्यक्रमअन्तर्गत एमबिबिएसमा मात्र करीब १८ हजार छात्रछात्राले प्रवेश परीक्षाका लागि आवेदन दिएका थिए ।

हाल त्रिविवि, काठमाडाैँ विश्वविद्यालय, स्वास्थ्य मन्त्रालयअन्तर्गतका २२ वटा कलेजमा एमबिबिएस तहको अध्ययन हुने गर्दछ ।