२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबिबिएस समेतकाे प्रवेश परीक्षा असाेज ३ देखि



अ+ अ-

काठमाडाैंः त्रिवि चिकित्सा अध्ययन संस्थान (इन्स्टिच्यूट अफ मेडिसिन) ले चिकित्सा शिक्षाअन्तर्गतका एमबिबिएस, बिडिएस, बिएनएस, बिएस्सी नर्सिङ, बिपिएचको प्रवेश परीक्षा आगामी असोज ३, ५, ६ र ७ गते हुने जनाएको छ।

संस्थानको साेमबार बसेको स्नातक तह प्रवेश परीक्षा सञ्चालक समितिको बैठकले सो मिति तय गरेको हो । यसअघि ती परीक्षा यही भदौ २१, २२ , २३ र २४ गतेलाई तय गरिएका थिए ।

सर्वोच्च अदालतले सो मितिमा ती तहका परीक्षा रोक्न संस्थानलाई आदेश गरेपछि स्थगित गरेर पुनः गर्न अर्को मिति निर्धारण गरिएको हो । ती तहका नयाँ शैक्षिक कार्यक्रमअन्तर्गत एमबिबिएसमा मात्र करीब १८ हजार छात्रछात्राले प्रवेश परीक्षाका लागि आवेदन दिएका थिए ।

हाल त्रिविवि, काठमाडाैँ विश्वविद्यालय, स्वास्थ्य मन्त्रालयअन्तर्गतका २२ वटा कलेजमा एमबिबिएस तहको अध्ययन हुने गर्दछ ।