२० श्रावण २०८३, बुधबार
,
Latest
काँग्रेसको आरोप– मधेस घटनामा सरकार गोली, लाठी र दमनमा सिमित भयो, सरकारका मान्छे फेसबुकमा मात्र… कानून निर्माण संसदको अविच्छिन्न अधिकार, वाह्य हस्तक्षेप स्वीकार्य छैनः मन्त्री गौतम संसदको क्षेत्राधिकार र सरकारमाथि नियन्त्रण गर्ने अधिकार संसदलाई मात्र छः कानूनमन्त्री गौतम सुनसरी–सिरहा घटनाका मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार सरकारले गर्ने धनकुटा अस्पतालको भौतिक पूर्वाधार निर्माणसँगै स्तरोन्नति गर्न माग विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह नेपाल–चीनबीच सांस्कृतिक सहकार्य विस्तार गर्ने सहमति, परम्परागत कला र पर्यटन प्रवर्द्धनमा जोड विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा.डा. खड्ग केसी नियुक्त लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्या नियुक्त न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामा सम्झौता हुँदैनः मुख्य रजिस्ट्रार पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिस्बनस्थित नेपाली दूतावासबाट राहदानीको अनलाइन आवेदन पुनः खुला



अ+ अ-

काठमाडाैँ । लिस्बनस्थित नेपाली राजदूतावासले केही समयदेखि बन्द रहेको राहदानीको अनलाइन आवेदन प्रणाली पुनः सञ्चालनमा ल्याएको छ। नयाँ राहदानी प्रणालीमा परिवर्तन गर्ने प्रयोजनका लागि बन्द गरिएको आवेदन प्रणालीको स्थापना कार्य सम्पन्न भएसँगै राहदानी आवेदन प्रक्रिया पुनः सुरु गरिएको दूतावासले जनाएको हो।

दूतावासले राहदानी नवीकरण गर्नुपर्ने इच्छुक नेपाली नागरिकलाई अनलाइनमार्फत आवेदन फाराम भर्न अनुरोध गरेको छ। राहदानीको म्याद सकिन एक वर्ष बाँकी रहेका आवेदकले अनलाइन फाराम भरी त्यसको प्रिन्टआउट, सक्कल राहदानी, नेपाली नागरिकताको प्रमाणपत्र तथा प्रतिलिपिसहित तोकिएको समय र मितिमा बायोमेट्रिक्सका लागि दूतावासको कार्यालयमा उपस्थित हुनुपर्नेछ।

नाबालकको हकमा नाबालक परिचयपत्र, जन्मदर्ता प्रमाणपत्र, बाबु र आमाको नागरिकता प्रमाणपत्र तथा राहदानी र विवाह दर्ता प्रमाणपत्रसमेत पेश गर्नुपर्ने दूतावासले जनाएको छ।

राहदानीको अनलाइन आवेदन नेपाल राहदानी अनलाइन आवेदन प्रणालीमार्फत गर्न सकिनेछ। राहदानी आवेदनसम्बन्धी थप जानकारी दूतावासको वेबसाइटमा उपलब्ध रहेको जनाइएको छ।

दूतावासका अनुसार कन्सुलर सेवा कार्यालय खुलेका दिन बिहान ९ः१५ बजेदेखि दिउँसो १ः१५ बजेसम्म उपलब्ध हुनेछ भने राहदानी वितरण तथा राहदानीसम्बन्धी जानकारी लिन दिउँसो २ बजेपछि सम्पर्क गर्न सकिनेछ।

दूतावाससँग इमेल [eonlisbon@gmail.com](mailto:eonlisbon@gmail.com) वा टेलिफोन २१३०११३०८ मा सम्पर्क गर्न सकिनेछ। दूतावासको कार्यालय लिस्बनस्थित Rua Pero de Alenquer 29, 1400-293 मा रहेको छ।




भर्खरै