१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँचवटा विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल भएको छ । बैठकमा प्राप्त सन्देश टेबुल भएका विधेयकमा ‘वातावरण संरक्षण विधेयक, २०७५’, ‘वन विधेयक, २०७५’, ‘राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५’, ‘भूमि सम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७५’ र ‘राहदानी विधेयक, २०७५’ छन् ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले पाँच वटै विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्नुभएको थियो ।

यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले “उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, २०७६” प्रतिनिधिसभाको आजको बैठकमा पेश गर्नुभयो । प्रतिनिधिसभाको बैठक आजै एक घण्टापछि बस्ने गरी सभामुख कृष्णबहादुर महराले स्थगित गर्नुभएको छ ।